चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका बस्तु नेपाल फिर्ता

२०८१ चैत्र १७ आईतवार
सारांश
  • आइतबार पुरातत्व विभाग काठमाडौंंले विशेष कार्यक्रमको आयोजनागरी चोरी भएर अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु सार्वजनिक गरेको हो ।


काठमाडौं : नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु आज नेपाल फिर्ता भएका छन् ।


आइतबार पुरातत्व विभाग काठमाडौंंले विशेष कार्यक्रमको आयोजनागरी चोरी भएर अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु सार्वजनिक गरेको हो । 


विभागका अनुसार यीमध्ये तीनवटा पौवा चित्रहरु (१५–१८ औं शताब्दी) काठमाण्डौंस्थित इटुम्बहालबाट २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (नवौंं शताब्दी) बुङमतिको मच्छिन्द्रवहाल परिसरको चैत्यबाट हराएको थियो । 


साथै आर्ट इन्स्टिच्यूट सिगागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुछलिन्द बुद्धको मूर्ति थान–१ (१२÷१३ औं शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरु (९–१९औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए ।


अमेरिकाको विभिन्न संग्रहालय, अक्सन हाउस तथा व्यक्तिगत संग्रहमा रहेका उक्त वस्तुहरु संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ग्क् म्भउबचतmभलत या ज्यmभबिलम क्भअगचष्तथ क्ष्लखभकतष्नबतष्यल ल्भध थ्यचप, ःबलजबततबल म्ष्कतचष्अत ब्ततयचलभथ इााष्अभ या ल्भध थ्यचप को सहयोगमा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित नेपाली वाणिज्यदूतावासका कार्यवाहक महाबाणिज्यदूत चक्रकुमार सुवेदीलाई एक समारोहबीच मिति २०८१।११।१६ मा हस्तान्तरण गरिएको थियो ।


यी कलात्मक वस्तुहरुको उत्पत्तिस्थल नेपाल भएको भनी यस विभागबाट प्रमाणित गरेपछि अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल फिर्ता भएका हुन् ।


यी कलात्मक वस्तुहरु अमेरिकाबाट नेपालसम्म ल्याउने कार्यमा न्यूयोर्कस्थित नेवाः गुठीले आर्थिक सहयोग गरेको विभागले जनाएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार