भूकम्पपछि म्यानमारमा उद्धार र राहत जारी, मृत्यु हुनेको संख्या ६९४ पुग्यो
२०८१ चैत्र १६ शनिवार
- भूकम्पपछि उद्धार र राहत प्रयासलाई सहयोग गर्न दक्षिणपश्चिम चीनको युनान प्रान्तबाट ३७ सदस्यीय उद्धार तथा चिकित्सा टोली शनिबार बिहान म्यानमार गएको छ ।
एजेन्सी : शुक्रबार देशलाई हल्लाएको ७.७ म्याग्निच्युडको भूकम्पपछि म्यानमारको दोस्रो ठूलो शहर मन्डलेमा उद्धार कार्य जारी छ । भूकम्प प्रभावित अन्य क्षेत्रमा पनि उद्धार जारी छ ।
भूकम्पपछि उद्धार र राहत प्रयासलाई सहयोग गर्न दक्षिणपश्चिम चीनको युनान प्रान्तबाट ३७ सदस्यीय उद्धार तथा चिकित्सा टोली शनिबार बिहान म्यानमार गएको छ ।
यता, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूकम्पपछि दक्षिणपूर्वी एसियाली देशहरूमा खाँचोमा परेका मानिसहरूलाई सहयोग गर्न आब्हान गरेका छन् ।
म्यानमारको मन्डले क्षेत्रमा शनिबार बिहानसम्म भूकम्पमा परी ६९४ जनाको मृत्यु भएको छ भने १,६७० जना घाइते भएका छन् भने ६८ जना बेपत्ता भएको म्यानमारको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ ।
भूकम्पको धक्का चीन, थाइल्याण्ड र लाओसमा पनि महसुस गरिएको थियो। न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले भूकम्पबाट प्रभावित मानिसहरूप्रति समवेदना व्यक्त गरे ।
गुटेरेसले शक्तिशाली भूकम्पपछि म्यानमार सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि आग्रह गरेको बताए। (सीसीटिभीप्लस)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’