- आगो लगाएको भवनको समाचार सङ्कलनको क्रममा जलेर एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।
काठमाडौँ, १६ चैत : राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी समूहले सञ्चार गृहमाथि भएको तोडफोडप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार साँझ एक विज्ञप्तिमार्फत समाचार सङ्कलनका क्रममा एक सञ्चारकर्मीको मृत्यु भएको, विभिन्न सञ्चार गृहको भवनमा आगो लगाइएको, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङ्गा हानिएको तथा सवारीसाधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतङ्कित तुल्याउने कार्य भएकामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
आगो लगाएको भवनको समाचार सङ्कलनको क्रममा जलेर एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । त्यसैगरी तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुुपको भवनमा तोडफोड र आगजनी गरी क्षति पु-याइएको छ । कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि ढुङ्गामुढा गरी समाचार कक्षसम्म आतङ्क सिर्जना गरिएको छ । हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड भएको जानकारी महासङ्घमा प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चार संस्था र सञ्चारकर्मीको ज्यानै जाने गरी यसप्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य भएको महासङ्घको ठहर छ ।
“शान्तिपूर्ण प्रदर्शन गर्ने संवैधानिक अधिकारको महासङ्घ सदैव सम्मान गर्दछ । तर, आन्दोलनको नाममा सञ्चारकर्मीको ज्यानै जाने, प्रेसलाई आतङ्कित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार गर्दैन”, विज्ञप्तिमा भनिएको छ, “यस्ता हर्कतमा संलग्न जो कोही भए पनि तत्काल कानुनी कठघरामा उभ्याउन महासङ्घ सरकारसँग जोडदार माग गर्दछ ।”
महासङ्घले क्षति पु-याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन आग्रह गरेको छ । महासङ्घले लोकतन्त्र र प्रेसविरोधी यस्ता क्रियाकलाप नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहने र यस प्रकारका हर्कत दोहोरिए त्यस विरुद्ध उत्रन बाध्य हुनेतर्फ सचेत गराएको छ ।
यसैबीच सञ्चारकर्मी रजकको जलेर निधन भएको खबरले महासङ्घ स्तब्ध भएको उल्लेख छ । महासङ्घले सो अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ । मृतक पत्रकार रकजप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।
नेपाल प्रेस यूनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठनलगायत सञ्चार आवद्ध विभिन्न सङ्घ संस्थाले पनि आज भएको घटनाप्रति आपत्ति प्रकट गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । स्वतन्त्र प्रेसको सम्मान गर्न, निर्वाध समाचार सङ्कलन गर्न दिन र सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन सम्वद्ध सबैलाई आग्रह गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।