ग्रिसबाट नेपाल आइपुगेकी एन्जिला भन्छिन् ;‘दर्शकको मायाले तान्यो’
२०८१ चैत्र १५ शुक्रवार
- ग्रिस महिला सुपर कपका लागि निस अट्रोमिटौमा आबद्ध रहेर व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला फिल्म प्रमोसनका लागि नेपाल शुक्रबार आइपुगेकी हुन् ।
काठमाडौं : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आफ्नो जीवन कथामा आधारित ‘अन्जिला’ फिल्म प्रमोसनका लागि नेपाल आइपुगेकी छिन् ।
ग्रिस महिला सुपर कपका लागि निस अट्रोमिटौमा आबद्ध रहेर व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला फिल्म प्रमोसनका लागि नेपाल शुक्रबार आइपुगेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले दर्शकहरुको मायाले नै आफूलाई तानेको भन्दै ग्रिसबाट छोटो समय मिलाएर नेपाल आएको बताइन् ।
उनले भनिन्,‘ग्रिसबाट छोटो समय मिलाएर आएको छु । दर्शकहरुको मायाले नै गर्दा तीन चार दिन कति हुन्छ बस्ने छु । मैंले समाचारतिर पनि हेरिरहेको थिए । दर्शकहरुको माया भव्य देखेपछि नै आएको हो । सम्पूर्ण टिलाई धन्यवाद दिन्छु उहाँहरुले गर्दा नै फिल्म राम्रो भइरहेको छ ।
साथै उनले दर्शकहरुले आफ्नो फिल्म हेरेर भावुक हुँदै गर्दा आफूलाई एकातिर दुःख लागेपनि अर्कोतिर फिल्म मनपराइ दिनुभयो भनेर लागेर खुसी पनि उत्तिकै लागेको पनि बताइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’