राजावादीहरुको प्रदर्शनका लागि प्रहरीले २५ सय सुरक्षाकर्मी, यस्तो छ तयारी
१४ चैत्र, २०८१, बिहिवार
- राजावादीहरुले भोलि १५ गते प्रदर्शन गर्ने भएका छन् । यता, चार दलको समाजवादी मोर्चाले पनि भोली नै काठमाडौंमा बृहत् जनसभाको घोषणा गरिसकेको छ ।
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार १५ गते हुने राजावादी प्रदर्शनका लागि २५ सय सुरक्षाकर्मीलाई खटाउने योजना बनाएको छ ।
प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यकाले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान दिएको बताए । उनले भने, ‘दुईवटा स्थलहरुमा प्रर्दशन हुँदैछ । जसमा तीनकुने र प्रदर्शनी मार्गमा ट्राफिक ड्राइर्भसन गर्ने व्यवस्था मिलाएका छौं । यसको लागि झण्डै २५ सय जति सुरक्षाकर्मीहरु नेपाल प्रहरीको तर्फबाट खटाइएको छौं । साधारणतया ट्राफिक प्रहरीको अलग्गै व्यवस्था छ ।’ साथै प्रहरी प्रवक्ता आचार्यका अनुसार, प्रदर्शनका कार्यक्रमहरू सडकमा हुने भएकाले त्यसका लागि विशेष सुरक्षा व्यवस्थापन समेत गरेको बताए ।
आचार्यले भने, ‘दुई तीन ठाउँमा मुभमेन्ट हुने भएकाले ट्राफिक जामको सम्भावना छ । त्यसको व्यवस्थापन गर्न ट्राफिक ड्राइभर्सनको व्यवस्था गरेका छौं ।’ विशेषगरी तीनकुने र प्रदर्शनी मार्गमा ट्राफिकको व्यवस्थापन गर्दै सुरक्षाकर्मीको संख्या बढाइएको बताए ।
साथै, नेपाल प्रहरीले २४ घण्टा सुरक्षा व्यवस्था कायम राख्ने जनाएको छ । उनले भने, ‘कुनैपनि अवाञ्छित घटना वा उपद्रव नहोस्, हामी सबै ठाउँमा गस्ती र पेट्रोलिङ्ग गरेर सुरक्षा सुनिश्चित गर्दैछौं ।’
यसैगरी उनले प्रायजसो प्रदर्शनका कार्यक्रमहरु माइतीघर र भृकुटीमण्डपमा हुने भएकाले सोही अनुसारको व्यवस्थापन गरिएको बताए । उनले बाटोमा जाम नहोस् भनेर अर्को बाटोको पार्टहरु खुला राख्ने अलग्गै नीति बनाइएको पनि बताए ।
उनले भने, ‘प्रायजसो प्रदर्शनका हिसावले हेर्ने हो भने बढी फोकस हामी माइतीघररमा गर्छौं । किनभने त्यहाँ बढी प्रदर्शन हुने गर्दछ । अलिकति भृकुटीमण्डपमा हुन्छ । ट्राफिकको पनि डाईर्भसन छ । बाटोमा जाम नहोस् भनेर सजक छौं । बाटो खुला नहुने अवस्था भयो र त्यो बाटोसम्मको कभर गर्ने अवस्था भयो भने त्यो ठाउँको ट्राफिकलाई अर्को टाउँमा डाईर्भट गर्ने गरेका छौं ।’
रात्रीकालिन समयको अलग्गै व्यवस्था
साथै उनले ठमेल दरबारमार्गतिर व्यवसायका हिसाबले बढी भीड हुने भएकाले रात्रिकालिन समयमा समेत सुरक्षा व्यवस्थापनमा ध्यान दिने गरेको बताए । उनले आवश्यकता अनुसार गस्ती, पेट्रोलिङको कामहरु सिभिलमा पनि परिचालन भएर त्यहाँ हुन सक्ने सम्भावित सूचनाहरु संकलन गर्ने र त्यही अनुसार प्रहरी परिचालन गर्ने व्यवस्था मिलाएको समेत बताए । उनले भने, ‘रात्रीकालिन पनि कुनै इभेन्टवेस छ भने इभेन्टलाई फोकस गरेर काम गर्छौं । २४ घण्टा नै त्यहाँको आवश्यकता अनुसार गस्ती, पेट्रोलिङको कामहरु आवश्यकता अनुसार सिभिलमा पनि परिचालन भएर त्यहाँ हुनसक्ने सम्भावित सूचनाहरु संकलन गर्ने र त्यही अनुसार प्रहरी परिचालन गर्ने व्यवस्था मिलाएका छौं ।’
यसैगरी उनले ट्राफिक उल्लङघनसँगै हरेक दिन विभिन्न किसिमका कारबाहीहरुमा प्रहरीले जोड दिएको बताए । उनले भने, ‘ट्राफिक उल्लङघनका विषयमा विभिन्न किसिमको कारबाहीहरु गरिरहेका छौं । त्यसमा पनि कुन कुन उल्लङघन भन्ने छ, रेगुलर प्रोसेसकै कुराहरु छन् । ट्राफिक उल्लङघनमा एक हप्ताको मात्र जरीवाना हेर्ने हो भने झण्डै दुई करोड बराबरको हुन्छन् ।’
राजावादीहरुले भोलि १५ गते प्रदर्शन गर्ने भएका छन् । यता, चार दलको समाजवादी मोर्चाले पनि भोली नै काठमाडौंमा बृहत् जनसभाको घोषणा गरिसकेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत राजसंस्था पक्षधर समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शनको घोषणा गरेको हो ।
यस्तै, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले पनि चैत १५ गतेको आन्दोलनका लागि तयार रहन आफ्ना समर्थकलाई आह्वान गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।