पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

१४ चैत्र, २०८१, बिहिवार
सारांश
  • बिगत एक महिनादेखि चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ को ईभा खाजाघर र डाबरी जाने बाटोमा तथा वडा नम्बर १०को बालचनपुर स्थित तेली समाज धर्मशालामा अवैध रुपमा चिनियाँ भाषा कक्षा सञ्चालन हुँदै आएको थियो ।

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा चिनियाँ पर्यटकले सञ्चालन गरेको भाषा कक्षा बन्द भएको छ । 


बिगत एक महिनादेखि चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ को ईभा खाजाघर र डाबरी जाने बाटोमा तथा वडा नम्बर १०को बालचनपुर स्थित तेली समाज धर्मशालामा अवैध रुपमा चिनियाँ भाषा कक्षा सञ्चालन हुँदै आएको थियो ।

 

पर्यटक भिसामा आएका चिनियाँ नागरिकले यहाका बालबालिकालाई समुहगत रूपमा भाषा सिकाउदै आएका थिए । उनीहरुले भाषा कक्षा सञ्चालन गर्दा मोबाईलबाट भिडियो समेत बनाउने गरेको पाइएको थियो । 

 

चिनियाँ नागरिकले गरेको गतिविधि र कार्य शंकास्पद लागेपछि अभिभावकले प्रहरीमा समेत खबर गरेका हुन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले अनुमति बिना भाषा कक्षा सञ्चालन गर्न नपाउने बताए ।

 

यस विषयमा सोधपुछका लागि चिनियाँ पर्यटकलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । अहिले चिनियाँ भाषा कक्षा सञ्चालन हुँदै आएको स्थनमा बन्द गराइएको उनले बताए ।

 

चिनियाँ नागरिकले भाषा कक्षामा सहभागी भएका बालबालिकालाई दैनिक रु ५० देखि सय सम्म दिने गरेको पाइएको थियो । बालबालिकालाई आफ्नो कक्षामा आकर्षण गर्न विभिन्न उपहार समेत दिने गरेको पाइएको स्थानीय जयराम चौधरीले बताए । उनका अनुसार केही अभिभावकलाई समेत उनीहरुले उपहार सामग्री दिएका छन ।

 

तर चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले अनुमति नलिएर भाषा कक्षा सञ्चालन भएकोमा  आपत्ति जनाएका छन । पर्यटक भिसामा आएका उनीहरुलाई पढाउने अनुमति नभएको उनको भनाइ छ  । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चिनियाँ भाषाको कक्षा बन्द गराएपछि उनीहरुलाई चन्द्रनिगाहपुर छाड्न भनिएको जनाएको छ  ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार