- आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ ।
काठमाडौँ, १४ चैतः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको थियो । युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो पनि हिजोको भन्दा घटेको हो । बुधबार युरो एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा कायम भएको थियो ।
यस्तै, युके पाउन्ड स्टर्लिङ र स्विस फ्र्याङ्कको विनिमयदर पनि घटेको छ । आज पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७७ रूपैयाँ ३७ पैसा, स्विस फ््र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ९० पैसा र बिक्रीदर १५५ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ०१ पैसा र बिक्रीदर ९६ रूपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १०२ रूपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ११ पैसा र बिक्रीदर नौ रूपैयाँ १५ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १८ रूपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०३ पैसा र बिक्रीदर चार रूपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०३ पैसामा विनिमय हुनेछ ।
साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३५ पैसा र बिक्रीदर नौ रूपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३ रूपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ८० पैसा र बिक्रीदर १९ रूपैयाँ ८८ पैसा तोकिएको छ ।
त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६० पैसा र बिक्रीदर १७ रूपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ ७४ पैसा र बिक्रीदर ४४५ रूपैयाँ ६८ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०१ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
होर्मुजमा २० प्रतिशत शुल्क लगाउने प्रस्तावबाट पछि हटे ट्रम्प
-
शेयर बजारमा स्पेसएक्सको उत्साह सेलाउन थाल्यो, प्रारम्भिक लगानीकर्ता घाटामा
-
टेलिकमका पूर्व प्रबन्ध निर्देशक अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर
-
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
-
वर्षाका कारण देशभरका १३ प्रमुख सडकखण्ड प्रभावित, पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।