- छातीमा पुर्व राजाको टाटु नै खोपेर सडकमा होमिएका सन्तोष राजावादी र सतिश राजावादी लगायतले उक्त कार्यक्रमको नेतृत्व गरेका थिए ।
काभ्रे: काभ्रे बनेपामा सयौं राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका छन् । आज दिउसो मध्यान्ह भएको उक्त प्रदर्शनमा अधिकांश युवा अनुहारहरू थिए।
छातीमा पुर्व राजाको टाटु नै खोपेर सडकमा होमिएका सन्तोष राजावादी र सतिस राजावादी लगायतले उक्त कार्यक्रमको नेतृत्व गरेका थिए ।
प्रदर्शनमा सहभागी युवाहरूले 'हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ' लगायतका नारा लगाएका थिए। साथै उनीहरूले बर्तमान व्यवस्था र राजनैतिक नेतृत्व प्रति आक्रोश व्यक्त गरेका थिए ।
आफुलाई राजावादी भनेर परिचय दिने सतिस राजावादी भन्छन "०६२, ६३ मा नयाँ नेपाल बनाउने भनेर हाम्रो बा-आमा र दाई पुस्तालाई सडकमा ल्याएर अहिलेको व्यवस्था ल्याए, तर हामी यहि व्यवस्था फ्यालेर राजासहितको व्यवस्था ल्याउन सडकमा आउन परेको छ।" उनि थप्छन "संघियता, गणतन्त्र र धर्म निरपेक्षको नाममा देशलाई आर्थिक रुपले कंगाल मात्रै बनाईएन देशको भाषा, धर्म-संस्कृति र पहिचानलाई पनि मेटने प्रयास भयो। वास्तवमा अहिलेको व्यवस्था देशलाई बर्बाद गर्न ल्याईएको रहेछ।" उनले भने।
विगत लामो समय देखि राजससंस्था पुनर्स्थापनाको लागि संघर्ष गरिरहेका सन्तोष र सतिश राजावादी लगायत अभियान्ताहरू राजाको फागुन ७ को सम्बोधन पछि आफूहरूको संघर्षले सार्थकता पाउन लागेकोले उत्साहित भएको बताएका छन्। साथै उनिहरू सबैखाले राजसंस्थावादी दल, समूह र अभियान्ताहरू एकजुट भएर आन्दोलन गर्नुपर्ने र यसमा अन्य राजनैतिक दलहरूलाई पनि सम्झाएर सहमत गराउनु पर्ने तर्क गर्छन। "सबैजना मिलुन, यसैमा देशको भलो छ", सन्तोष राजावादीले भने।
पछिल्लो समय देशमा राजससंस्था पुनर्स्थापनाकालागि देशभर विभिन्न कार्यक्रमहरू भैरहेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते गरेको आव्हानपछि यस मुद्धाले व्यापक चर्चा पाएको छ। पूर्वराजाको उक्त सन्देशले सम्पुर्ण राजसंस्था पक्षधरू आन्दोलित बनेका छन्।
विगत लामो समय देखि सडकमा राजसंस्था पुनर्स्थापनाको नेतृत्व गरिरहेकाहरू यतिबेला वार कि पाराको मनस्थितिमा पुगेको बुझ्न सकिन्छ। विशेषगरी युवाहरूमा पूर्वराजा शाह प्रतिको क्रेज ह्वात्तै बढेको छ । राजनैतिक दलहरू यस आवाजलाई सकेसम्म दवाउने मनस्थितिमा रहेको देख्न सकिन्छ भने केहि प्रमुख नेताहरू यस बारेमा विभिन्न मतमा बाढिएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
-
आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?
-
अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने साउदी अरबको चेतावनी
-
काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
-
रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिख सेमिफाइनलमा
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।