- वीरगन्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको रकमसहित वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका २९ बर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो ।
रौतहट: पर्सा सशस्त्र प्रहरीले एक युवकलाई १० लाख रुपैयाँसहित पक्राउ गरेको छ ।
वीरगन्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको रकमसहित वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका २९ बर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाका अनुसार सशस्त्र प्रहरीले वीरगन्ज–१६ स्थित भन्सार कार्यालय अगाडि बीआर २२ बीजी १४०८ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा त्यसमा सवार साहको साथबाट रकम बरामद भएको छ ।
रक्सौलबाट वीरगन्ज आँउदै गरेको अवस्थामा साह को साथबाट १० लाख ५ हजार नेपाली रुपैयाँ बरामद भएको उनले जानकारी दिए ।
बरामद रकमको श्रोत साहले खुलाउन नसकेपछि उक्त रकम र मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’