- कवाड व्यवसायी समाजले व्यवसायीमाथि भइरहेको ज्यादतीको विरुद्धमा भोलि विहान ११ बजे महानगर घेर्ने पनि बताएका छन् ।
काठमाडौं: कवाड व्यवसायी समाज नेपालले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथिको ज्यादती तत्काल नरोकिए थप संघर्षका कदमहरु अगाडि बढाउने चेतावनी दिएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दै कवाड व्यवसायी समाजले महानगरले गरिरहेको ज्यादती तत्काल रोकेर सहज ढंगले व्यवसाय गर्ने वातावरण निर्माण गरिदिन आग्रह गर्दै नरोकिए थप संघर्षका कदमहरु अगाडि बढाउने चेतावनी दिएका हुन् ।
महानगरले कवाड व्यवासायीहरुको व्यवसायस्थलमा डोजर चलाएर आतङ्क मच्चाएको, तोडफोड गरेको, साइकल र समान जफत गरेको उनीहरुको आरोप छ । उनीहरुले आफूहरुको जिउ, धनको रक्षाका लागि सरोकारवालाहरुको पनि ध्यानाकार्षण गराएका छन् ।
कवाड व्यवसायी समाजले व्यवसायीमाथि भइरहेको ज्यादतीको विरुद्धमा भोलि विहान ११ बजे महानगर घेर्ने पनि बताएका छन् ।
पत्रकार सम्मेलनमा संघर्ष समितिका नेता ओमप्रकाश सिंह, जोगेन्द्र साह, मनोहर जैसवाल, सुरेश साह, सरोज श्रेष्ठ, गोपाल जैसवाल, उपेन्द्र साह, रविशंकर जैसवाल, कृष्ण यादव, श्याम यादव, आर्या पाण्डेलगायतको सहभागिता रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।