वाकीटकी प्रयोगमा कडाइ गरिएको हो, प्रतिबन्ध लगाइएको छैन् : सूचना विभाग
२०८१ चैत्र १० आईतवार
- वाकीटकी लगायतका रेडियो फ्रिक्वेन्सीका लागि विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत् विज्ञापन गरिएको पाइएपछि त्यसलाई रोक्न मात्र खोजिएको विभागका इलेक्ट्रोनिक इन्जिनियर भरत दानकोटीले बताए ।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले वाकीटकी प्रयोगमा कडाइ गरेको तर प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ ।
वाकीटकी लगायतका रेडियो फ्रिक्वेन्सीका लागि विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत् विज्ञापन गरिएको पाइएपछि त्यसलाई रोक्न मात्र खोजिएको विभागका इलेक्ट्रोनिक इन्जिनियर भरत दानकोटीले बताए ।
‘हामीले वाकीटकीमा प्रतिवन्ध लगाउन खोजेको भन्ने सन्देश बाहिर गएछ । त्यसो गर्न खोजिएको होइन् । विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरूमार्फत् विज्ञापन समेत गरी बेचबिखन भइरहेको जानकारी आएपछि त्यसलाई नियन्त्रण गर्न खोजेका हौं,’ उनले भने ।
वाकीटकीलगायतका रेडियो यन्त्रहरू अवैधानिक रूपमा लाइसेन्स नलिई बजारमा तथा अनलाइन माध्यमबाट बिक्री वितरण तथा प्रयोग भइरहेको पाइएपछि रोक्ने प्रयास गरिएको उनले बताए ।
नेपालमा वाकीटकीलगायतका रेडियो फ्रिक्वेन्सी प्रयोग भई सञ्चालन हुने रेडियो यन्त्रहरूको आयात गर्न, बिक्री वितरण गर्न, राख्न तथा प्रयोग गर्नका लागि रेडियो ऐन, २०१४ तथा रेडियो (सञ्चार)लाइसेन्स नियमावली, २०४९ बमोजिम लाइसेन्स लिनुपर्ने प्रावधान रहेको उनले जानकारी दिए ।
फ्रिक्वेन्सी इजाजतका लागि भने विभागले सम्पूर्ण कागजात संकलन गरी मन्त्रालयलाई सिफारिस गर्ने गर्ने गरेको उनले बताए । तर लाइसेन्स अनुमति नलिई वाकीटकी लगायतका रेडियो उपकरणहरु आयात, बिक्री वितरण तथा प्रयोग गर्ने कार्य तत्काल बन्द गर्न सबैलाई सचेत गराएको जानकारी दिए ।
सामान्यतया सुरक्षा, आपत्कालीन सेवा र व्यावसायिक प्रयोजनका लागि वाकीटकी प्रयोग हुने गरेको इन्जिनियर दानकोटीले जानकारी दिए । विकट स्थानहरुमा वाकीटकी संचारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ ।
पर्वतारोहण, सुरक्षा र जलविद्युत् आयोजना क्षेत्रमा यो संचार उपकरण निकै लोकप्रिय र प्रभावकारी छ । तर अनुमति लिने प्रक्रिया झन्झटिलो भएको प्रयोगकर्ताहरुको गुनासो छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।