एसईईका लागि रौतहटमा ४० वटा परीक्षा केन्द्र कायम

५ चैत्र, २०८१, मंगलवार
सारांश
  • जिल्ला भरीमा १ सय २७ वटा विद्यालयबाट १० हजार ४ सय ८४ जना परिक्षार्थीहरु परीक्षामा सामेल हुँदैछन ।

रौतहट, ५ चैत्र । यस वर्षको माध्यमिक शिक्षा(एसईई) परीक्षाको लागि रौतहटमा ४० वटा परीक्षा केन्द्र कायम गरिएको छ । जिल्ला भरीमा १ सय २७ वटा विद्यालयबाट १० हजार ४ सय ८४ जना परिक्षार्थीहरु परीक्षामा सामेल हुँदैछन ।

 

एसईई परीक्षामा साधारण नियमित तर्फ ५ हजार १ सय ७२  छात्र तथा ४ हजार ७ सय ६२ जना छात्रा परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका प्रमुख वीरेन्द्र जंग थापाले बताए ।

 

उनका अनुसार प्राविधिक र ग्रेड वृद्धि तर्फ गरी कुल १० हजार ४ सय ८४ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी हुन लागेका हुन् । माध्यमिक शिक्षा(एसईई) परीक्षाको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए  ।

 

हरेक परीक्षा केन्द्रमा १५ जनाको दरले करिब ६ सय जना सुरक्षाकर्मी परिचालन गर्ने तयारी थालिएको इकाइ प्रमुख थापाले बताए । एसईई परीक्षाको लागि ४० जना केन्द्राध्यक्ष, ४८ जना सहायक केन्द्राध्यक्ष, ५०६ जना निरीक्षक, ८८ जना परीक्षा सहायक,१९५ जना कार्यालय सहयोगि परिचालन गरिने शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले जनाएको छ ।

 

यस बर्षको एसईई परीक्षामा यहाँका ९९ वटा सामुदायिक विद्यालय , २० वटा संस्थागत विद्यालय , ८ वटा प्राविधिक विद्यालय र १ खुला सहित गरि १ सय २७ वटा विद्यालयको सहभागीता रहने भएको हो । एसईई परीक्षा चैत ७ गतेबाट हुन लागेको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार