जङ्गलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

२०८१ चैत्र ४ सोमवार
सारांश
  • दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छहरेछाप डाँडा सामुदायिक वन र सोही स्थानको लालिगुँरास सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

रामेछाप: दोरम्बा शैलुङ गाउँपालिकामा सामुदायिक वनमा  आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 


दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छहरेछाप डाँडा सामुदायिक वन र सोही स्थानको लालिगुँरास सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।  


जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्स्पेक्टर कौशल न्यौपानेका अनुसार पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरका ५० वर्षीय पदमबहादुर विक र उनैकै भाइ ४५ वर्षीय चन्द्रबहादुर विक रहेका छन् । 


सामुदायिक वनको जङ्गलमा आगो लगाई भागेको भन्ने सूचनाको आधारमा खोजी गर्दा शनिबार उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका दुवै जनालाई अनुसन्धानको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको प्रहरीले जानकारी दिएको छ । 


सो जङ्गलमा शुक्रबार टोकरपुरको छाङखोलाको छेउबाट आगो लागेको थियो । आगो अहिले शैलुङको जङ्गलमा फैलिएको छ । आगोले शैलुङको वन क्षेत्रमा ठुलो क्षति भएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार