- अभियुक्त ठकुरीले लागूऔषध कारोबारमा कुरा नमिल्दा समिरलाई खुँडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ ।
पोखरा: पोखरामा धारिलो हतियार खुँडा प्रहार गरेर भागेका एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित फेवातालको किनारमा रहेको सेदी बसपार्कमा शनिबार साँझ २० वर्षीय समिर बडाललाई खुँडा प्रहार गरी भागेका पोखरा १७ विरौटा बस्ने २२ वर्षीय मनिष ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त ठकुरीले लागूऔषध कारोबारमा कुरा नमिल्दा समिरलाई खुँडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ ।
खुँडा प्रहारबाट घाइते भएका बराललाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा लगिएकोमा उनी उपचारपछि घर फर्किएको पनि प्रहरीले बताएको छ ।
पक्राउ परेका ठकुरीविरुद्ध जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’