प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

२०८१ चैत्र ४ सोमवार
सारांश
  • उनले भने, ‘आज बसेको मन्त्रिपरिषद्को बैठकले दीपक थापालाई आईजिपी नियुक्त गर्ने निर्णय गरेको छ ।’

काठमाडौं: नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजिपी) मा दीपक थापा नियुक्त भएका छन् ।


सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वी सुब्बा गुरुङले जानकारी गराएका छन् । 


उनले भने, ‘आज बसेको मन्त्रिपरिषद्को बैठकले दीपक थापालाई आईजिपी नियुक्त गर्ने निर्णय गरेको छ ।’


३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज रातिबाट अवकाश हुँदैछन् । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत एआईजी थापाले भोलि चैत ५ बाट कार्यभार सम्हाल्दैछन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार