शैलुङको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदै बेतालीको जङ्गलमा पनि लाग्यो आगो

२०८१ चैत्र ३ आईतवार
सारांश
  • जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदै गोकुलगंगा गाउँपालिकाको बेतालीको जङ्गलमा पनि आगो लागेको छ ।

रामेछाप : चैत महिना सुरु हुने बित्तिकै रामेछापका जङ्गलहरूमा आगलागी सुरु भएको छ । 


जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदै गोकुलगंगा गाउँपालिकाको बेतालीको जङ्गलमा पनि आगो लागेको छ । 


शैलुङको जङ्गलमा शुक्रबारदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छाङखोला नजिकैबाट लागेको आगो अहिले शैलुङको जङ्गलमा लागि रहेको छ । 


शनिबारबाट जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा पर्ने लिसेखानी सामुदायिक वन क्षेत्रमा पनि शनिबारबाट डढेलो लागेको छ । बस्ती नजिकैको जङ्गलमा सल्केको डढेलोको कारण केही घर समेत उच्च जोखिममा छन् ।


दुवै तर्फको डढेलो नियन्त्रण गर्न सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय जुटिरहेका छन् । टोकरपुरको डढेलो ठुलो वन क्षेत्रमा फैलिएकोले नियन्त्रण बाहिर पुगेको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार