- शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिस डाँडामा धर्ना दिएका शिक्षकहरूले आज रास्वपा पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।
काठमाडौं : नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन अन्तर्गत आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय वनस्थलीमा धर्ना दिएको छ ।
शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिस डाँडामा धर्ना दिएका शिक्षकहरूले आज रास्वपा पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।
शिक्षकहरुले मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा, बुधबार एमाले कार्यालयमा धर्ना दिएका थिए ।
दोस्रो चरणको आन्दोलन अन्तर्गत उनीहरूले चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेका छन् ।
विद्यालय शिक्षा ऐन यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्ने शिक्षक महासंघको माग रहेको छ ।
शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, बालविकास कार्यक्रम, विशेष शिक्षा र सरकारी तथा निजी विद्यालयबीचको भेदभाव हटाउनुपर्ने मागसहित महासंघ दोस्रो चरणको आन्दोलनमा छ ।
महासंघले पहिलो चरणको आन्दोलनपछि पनि ठोस पहल नभएको भन्दै अब संघर्षलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ ।
पार्टी कार्यालयहरूमा धर्नाको कार्यक्रमपछि सांसदहरूसँग भेटघाट तथा चैत २० बाट पक्षीकरण, काठमाडौंमा रिले अनसन र काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघको तयारी छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’