‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’
२०८१ चैत्र १ शुक्रवार
- शुक्रबार काठमाडौको भृकृटीमण्डपमा २६औं फ्रोला एक्स्पो २०८१ को उद्घाटन गर्दै उनले बाहिरबाट आयातित फूलका विरुवाहरु भन्दा गुणस्तरीय विरुवा नेपालका वनजंगलमा रहेको भन्दै यसको व्यवसायी खेती नीजि क्षेत्रले सुरुवात गरे सरकारले पनि साथ दिने बताए ।
काठमाडौं : कृषि तथा पशुपक्षी बिकास मन्त्रालयका सचिब डा.गोबिन्द प्रसाद शर्माले दुरदराजमा रहेका मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गर्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौको भृकृटीमण्डपमा २६औं फ्रोला एक्स्पो २०८१ को उद्घाटन गर्दै उनले बाहिरबाट आयातित फूलका विरुवाहरु भन्दा गुणस्तरीय विरुवा नेपालका वनजंगलमा रहेको भन्दै यसको व्यवसायी खेती नीजि क्षेत्रले सुरुवात गरे सरकारले पनि साथ दिने बताए ।
उनले भने, ‘नेपालमा जतिपनि आयतित फूलका विरुवाहरु छन् ति भन्दा राम्रा गुणस्तरीय बस्तु नेपालका वनजंगलमा छन् । नेपालका विविध ठाँउहरुमा छन् । दोलखा र सिन्धुपाल्चोकमा थरीथरीका सयपत्रीहरु देखिन्छ । हामीले खाद्यन्न, तरकारीहरुमा यहाँका रैथाने मौलिक बस्तुहरुलाई रजिस्ट्रेशन गर्न सुरु गरेका छौ । रैथाने फुल, रैथाने विरुवाहरुलाई रजिस्टेशनको प्रोसेसमा ल्याउन पर्यो । ति हाम्रा मौलिक विरुवाहरु दुरदराजमा रहेका छन् । सहर बजारमा ल्याएर तीनको पनि व्यवसायी खेती नीजि क्षेत्रले सुरुवात गरे हामी सहजीकरण गर्छौ ।’
सोही क्रममा बागमती प्रदेश कृषि तथा पशुपक्षी बिकासमन्त्री प्रकाश श्रेष्ठले नीति, नियम र कानूनका बारेमा गुनासो आएको भन्दै कानूनको कुरामा अन्यौलमा पर्न आवश्यक नभएको बताए ।
उनले भने, ‘तीन तहको सरकार भइसकेपछि संघीय सरकार, प्रदेश र स्थानीयको अधिकार क्षेत्र अन्यौलमा छ । विकासको प्रभावकारितामा हामीले खासै उपलब्धी हासिल गर्न सकेनौ । नीति, नियम र कानूनमा केही समस्याहरु देखा परेको होकी भन्ने जुन खालको गुनासो आएको छ, यहाँ विश्वस्त बनाउन चाहन्छु अन्यौलमा पर्न आवश्यक छैन् । संघीय सरकारले दिएका अधिकारहरुलाई प्रयोग गर्दै बागमती प्रदेश सरकारले पुष्प व्यवसायको प्रवद्र्धन र विकासको लागि थप प्रभावकारी कार्यक्रमहरुलाई नीति निर्माणमा परिमार्जन गर्दै कार्यक्रमहरु अघि सारेको छ ।’
यस्तै, उनले चार दिनसम्म चल्ने प्रदर्शनीले बागमती प्रदेश क्षेत्रभित्रको पुष्प व्यवसायलाई प्रवद्र्धन र विकासमा थप टेवा पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।
वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाल कृषिजन्य वस्तु आयात गर्ने देश भएको भन्दै सरकारले देशको कृषि र उद्योगलाई संरक्षण गर्ने हो भने कृषिमा आत्म निर्भर हुन सक्ने बताए ।
उनले भने, ‘कृषिलाई केही काम गर्न नसकेपछि गर्ने काम जस्तो गरेर व्याख्या गरिने गरेको छ । तर यसलाई हामीले संशोधन गर्नुपर्छ, अब हामीले दशैँ तिहारमा टिका लगाउँदा कृषक बनोस भनेर आशिर्वाद दिनुपर्छ । कृषि नै हाम्रो देशको सबैभन्दा ठूलो इज्जत र गरिमा थियो र यसलाई अब फेरि हामीले अगाडि बढाउनु पर्छ । हामी अहिले कृषिजन्य वस्तु आयात गर्ने देश भएका छौ, त्यसकारण देशको कृषि र उद्योगलाई संरक्षण गर्नु सरकारको दायित्व हो । कृषिमा आत्मनिर्भएर हुन सक्यो भने निर्यात गर्न सक्ने देश भन्ने छौ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’