- नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत गम्हरियाबाट मलङ्गवातर्फ जाँदै गरेको एम्बुलेन्सले बिहीबार राति पैदल हिँडिरहेका मानिसलाई ठक्कर दिएको थियो ।
रौतहट :सर्लाहीको मलङ्गवामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु र दुई जना घाइते भएका छन् ।
नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत गम्हरियाबाट मलङ्गवातर्फ जाँदै गरेको एम्बुलेन्सले बिहीबार राति पैदल हिँडिरहेका मानिसलाई ठक्कर दिएको थियो ।
सर्लाही प्रहरीका प्रवक्ता एवम् डिएसपी सरोज राईका अनुसार एम्बुलेन्सको ठक्करबाट मलङ्गवा नगरपालिका–३, बस्ने ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मलङ्गवा नगरपालिका–४, का ५२ वर्षीय जितु राय र भारत सीतामढीका २० वर्षीय राकेश गुप्तालाई शुक्रबार थप उपचारका लागि शुक्रबार जनकपुर पठाइएको उनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेका प्रेस नोटमा ठक्कर दिने एम्बुलेन्सको नम्बर खुलाइएको छैन ।
प्रहरीले एम्बुलेन्सको नम्वर अनुसन्धानको लागि खुलाउन नचाहेको प्रेस नोटमा उल्लेख गरेको छ ।
एबुलेन्स चालक र एम्बुलेन्सको अवस्था वारे पत्ता लागिसकेको हुँदा अनुसन्धान कार्यमा प्रभावित हुन नदिनको लागि एम्बुलेन्स नम्वरलाई सार्वजनिक नगरिएको डिएसपी राईले बताए । यद्यपि यस विषयमा आवश्यक अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’