जनकपुरधाममा शनिबार होली, १७ स्थानमा ट्राफिक चेकिङ्ग, ५ सय प्रहरी तैनाथ रह्ने
२०८१ चैत्र १ शुक्रवार
- जनकपुरधामको होली देशैभरमा प्रख्यात रहेको छ । खासगरी जनकपुरधाममा हुने मट्काफोर र हिलो खेल्ने परम्पराले जनकपुरधामको होलीलाई अन्य भेग भन्दा आकर्षक बनाएको हुन्छ ।
जनकपुर : तराई मधेशमा आज होली मनाइँदैछ तर जनकपुरधाममा भने भोली मात्र होली मनाईने छ । जनकपुरलगायत मिथिलाञ्चल क्षेत्रमा माध्यमिकी परिक्रमा सम्पन्न भएको भोली पल्ट मात्र होली खेल्ने परम्परा रहेकोले, जनकपुरधाममा भोली होली मनाईन्छ ।
जनकपुरधामको होली देशैभरमा प्रख्यात रहेको छ । खासगरी जनकपुरधाममा हुने मट्काफोर र हिलो खेल्ने परम्पराले जनकपुरधामको होलीलाई अन्य भेग भन्दा आकर्षक बनाएको हुन्छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले होलीमा कुनै उत्श्रृङखल गतिविधी नहुन दिन विशेष सुरक्षा योजना लागु गरेको छ ।
कुनै पनि अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले धनुषा प्रहरीले ५ सय प्रहरीको टोली तैनाथ गर्दै व्यापक सुरक्षा व्यवस्था मिलाएको छ । प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीका अनुसार जनपथ, सशस्त्र, राष्ट्रिय अनुसन्धान र प्रदेश प्रहरी कार्यालयबाट थप प्रहरी टोलीको सहयोगमा यो सुरक्षा योजना बनाइएको हो । उनले भने, ‘हामी होलीको हर्षोल्लासलाई रोक्न चाहँदैनौं । तर, हामीले सम्भावित अप्रिय घटनालाई रोक्नका लागि यो सुरक्षा योजना बनाएका हौं ।’
सुरक्षा योजना अन्तर्गत धनुषा जिल्लाका प्रमुख स्थानहरूमा विशेष निगरानी राखिनेछ । सर्वसाधारणको भीड हुने स्थानहरू, परिक्रमा स्थलहरू, नाका, पार्किङ एरियाहरू र होली सेलिब्रेशन हुने स्थलहरूमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।
त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीको नेतृत्वमा होली पर्वलाई सुरक्षित र सभ्य बनाउने उद्देश्यले विभिन्न सुरक्षा उपायका साथै निर्देशन जारी गरिएको छ ।
होलीको दिन कुनै पनि सवारी साधन नियम उल्लङ्घन गरेमा उनीहरूलाई कडा कारबाही गरिनुका साथै कारबाहीमा परेका सवारी साधनलाई भोलिपल्ट मात्र छाडिने जनाइएको छ ।
धनुषा जिल्लामा होली पर्वको समयमा ६० जना ट्राफिक प्रहरी प्रमुख चोक र मार्गहरूमा कडा निगरानी गर्नेछन् । १७ स्थानमा चेकिङ्ग हुनेछ भने ५ स्थानमा मादक पदार्थ सेवन जाँच (मापसे) गरिने निरीक्षक वलीले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।