हिमालय चेस एकेडेमीले गर्यो पहिलो वार्षिकोत्सव

२०८१ चैत्र १ शुक्रवार

काठमाडौं : हिमालय चेस एकेडेमीले पहिलो वार्षिकोत्सव मनाएको छ । शुक्रवार रोयल सिंगी होटलमा चेस प्रतियोगिता गर्दै पहिलो वार्षिकोत्सव मनाएका हो । 


उक्त समारोहमा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले पछिल्लो समय हरेक खेलमा व्यवसायिकरुपले एकेडेमीहरु सञ्चालन हुँदा खेल जगतमा नयाँ प्रतिभाहरु आएको बताएका छन् । उनले चेस पुरानो खेल भएको भन्दै चेस एकेडेमीले नयाँ प्रतिभाहरु उत्पादन गरेमा खुसी व्यक्त गरेका हुन् । 


उनले भने, ‘चेस नेपाली समाजको निकै पुरानो खेलको रुपमा हामी पाउछौ । यसको विकासलाई हेर्दा हाम्रो सांस्कृति र ऐतिहासीक विकासक्रमसँग सम्बन्ध रहेको देखिन्छ । पछिल्लो समय हरेक खेलमा व्यवसायिकरुपले एकेडेमीहरु सञ्चालन हुने र त्यहाँबाट नयाँ प्रतिभाहरु आउदा सवैभन्दा खुसी लाग्छ ।’


यस्तै,उक्त समारोहमा बोल्दै हिमालयन चेस एकेडेमीका संस्थापक मोनालिशा खम्बुले चेस एकेडेमी सञ्चालनमा समस्या धेरै भएपनि यसलाई निरन्तरता दिने बताइन् । उनले चेस खेलका लागि प्रायोजक नपाएर भविभावकलाई प्रायोजक बनाएको पनि बताइन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार