रुखले च्यापेर एक जनाको मृत्यु

२०८१ फागुन २९ विहिबार
सारांश
  • स्थानीय नन्दलाल बढुवालका अनुसार उनले चराउन लगेका १०० भेडाबाख्रा समेत जंगलमा हराएका छन् ।

मुगु: छायानाथ रारा नगरपालिका–१४, बाम थुम्बाडा गाउँका ४५ वर्षीय चन्द्रबहादुर बढुवालको रुख ढलेर चोट लाग्दा मृत्यु भएको छ ।


बुधबार दिउँसो गाउँबाट करिब तीन घण्टा टाढा रहेको सुगुतिर जंगलमा भेडाबाख्रा चराउँदै गर्दा तीव्र हावाहुरीले माथिबाट रुख ढल्दा उनी गम्भीर घाइते भएका थिए । स्थानीय नन्दलाल बढुवालका अनुसार उनले चराउन लगेका १०० भेडाबाख्रा समेत जंगलमा हराएका छन् ।


स्थानीय रत्नबहादुर बढुवालका अनुसार घाइते भएको खबर पाएपछि साँझ ४ बजेतिर स्थानीय बासिन्दा उद्धारका लागि पुगेका थिए । तर, घटनास्थलमै उनको मृत्यु भइसकेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार