- प्रिमियरमा पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले चलचित्रको अंश काटिदा चलचित्रमाथि अन्याय भएको बताए ।
काठमाडौं: चलचित्र ‘राजगंज’को विहीवार साँझ प्रिमियर गरिएको छ । काठमाडौंको बिग मुमीज्मा बुधबार साँझ गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै राजनीतिकर्मीहरुको पनि उपस्थिति थियो ।
प्रिमियरमा पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले चलचित्रको अंश काटिदा चलचित्रमाथि अन्याय भएको बताए ।
‘मलाई दुःख के लाग्यो भने फिल्मका केही महत्वपुर्ण अंशहरु काटिएको छ भन्ने सुने । कति काटिएको हो यदी मुख्य अंश काटिदा फिल्मको टाउकै काटिए जस्तो हुन्छ । त्यसो गर्नु उपयुक्त हँुदैन । हाम्रो सविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको छ । मेहेनत गरेर बनाएको फिल्मको आधारभुत पक्ष नै काटियो भने फिल्म माथि नै अन्याय हुन्छ । त्यस हिसाबले पनि वेठिक हुन्छ ।’
यस्तै, चलचित्र हेर्न पुगेकी कलाकार केकी अधिकारीले मधेसको कथा बोकेको चलचित्र शक्तिशाली रहेको बताइन् ।
उनले भनिन्‘ चलचित्र शसक्त्त माध्यम हो । जहाँ लुकेर रहेको विभेदहरुलाई देखाउन सकिन्छ । यसको बलियो प्रस्तुतीले चलचित्रमार्फत समाज यस्तो हुन सक्छ भन्ने उदाहरण पनि दिन सक्छ । धेरै महिला कलाकार भएको कमै देखिन्छ । यो खालको चलचित्र बनाइनुपर्छ ।’
कलाकार नाजिर हुसेनले विभेद जहाँपनि हुने गरेको भन्दै त्यसको अन्त्यका लागि चलचित्र बनेको बताए । उनले कला स्वतन्त्र हुने भन्दै चलचित्रमा सेन्सर लगाउँदा कला मर्न जाने पनि बताए ।
नायिका ऋचा शर्माले राम्रो प्रतिक्रिया पाउँदा खुसी लागेको बताइन् । निर्देशक दीपक रौनियारले सिनेमा सेन्सर झमेलामा केही दुःख लागेपनि अहिले प्रिमियर शोमा मिलेको प्रतिक्रियाले खुशी मिलेको बताए ।
आफुले देखाउन खोजेको सवै कुरा दर्शकलाई शुक्रबारबाट देखाउन नपाउने हुँदा केही दःुख त अवश्य लाग्छ । तर, हामीले जे जती देखाएका छौं दर्शकलाई मन पर्छ होला भन्ने अपेक्षा छ ।
विशेषगरी चलचित्र बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई–तीनटा आँप’को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाएको हो । त्यसलाई हटाउन वा फिल्ममा समावेश गर्नैपर्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन सेन्सर बोर्डले निर्देशन दिएको थियो ।
बोर्डले केही दृश्य र संवादमा आपत्ति जनाउँदै रोक लगाएपछि निर्माताले पुनः सेन्सरका लागि आवेदन दिएका थिए । बोर्डले राखेका सबै सर्तहरू पूरा गरेपछि फिल्मले ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको थियो ।
चलचित्रमा आशा मगराती, दयाहाङ राई, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’