जनकपुरधाममा एक युवकको झुन्डिएको अवस्थामा शव फेला
- जनकपुरधाम उपमहानगरपालिका वडा नं.१९ पुलचोस्थित आँपको बगैचामा अन्दाजी २५ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुर : जनकपुरधाममा एकजना युवाको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं.१९ पुलचोस्थित आँपको बगैचामा अन्दाजी २५ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बुधबार (आज) विहान स्थानीयहरुले शव झन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी धनुषाका प्रवक्ता नायव प्रहरी उपरीक्षक बरुण सिंहले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’