२१ लाख ९२ हजारको सामन सहित ट्रक प्रहरी नियन्त्रणमा

२०८१ फागुन २७ मंगलवार
सारांश
  • इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको चेकिङ् टोलीले बिल बिजक भन्दा समान फरक रहेको पाइएपछि ट्रकलाई नियन्त्रणमा लिएको हो ।

रौतहट: बारा प्रहरीले २१ लाख ९२ हजार बराबरको समान सहित एउटा ट्रकलाई  नियन्त्रणमा लिएको छ ।


इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको चेकिङ् टोलीले बिल बिजक भन्दा समान फरक रहेको पाइएपछि ट्रकलाई  नियन्त्रणमा लिएको हो । 


प्रसौनीबाट वीरगंज तर्फ जाँदै गरेको ना ३ ख ७०५० नं. को ट्रकलाई पतञ्जली चौकमा रोकी चेक जाँच गर्दा बिल बिजक नै फरक परेको इलाका प्रहरी कार्यालय प्रसौनी प्रहरी निरीक्षक सुरेश राज भाट्टले बताए । 


उनका अनुसार उक्त ट्रकमा हरियो मटर १२० बोरा, बिस्कुट ९५० काटुन र हाडवयर लगायतका सामन बरामद गरिएको छ । उक्त  समानहरु बिल बिजक भन्दा समान फरक रहेको हुँदा समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज, पर्सा पठाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार