थाहा नगरपालिकाद्वारा भूमिसम्बन्धी समस्याहरु समाधानकालागि अन्तरक्रिया कार्यक्रम
२०८१ फागुन २७ मंगलवार
- थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रम भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आतिथ्यतामा भएको हो ।
हेटौंडा: मकवानपुरको थाहा नगरपालिकाले पालिकाभित्रको भूमिसम्बन्धी समस्याहरू समाधान गर्न पहिलो चरणको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रम भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आतिथ्यतामा भएको हो ।
थाहा नगरपालिकाका १२ वडामध्ये २, ८, ९ र १० नम्बर वडामा जग्गा दर्ताको कुनै दाबी नभएको तर २०७१ सालमा भूमि प्राप्तिका लागि परिचयपत्र बनेको गुनासो सहभागीहरूले गरेका थिए । पटक–पटक नापी भए पनि लालपुर्जा नबाँडिँदा समस्या भइरहेको नगर प्रमुख विष्टले बताए ।
विगत लामो समयदेखि भूमिहिन अवस्थामा रहेका व्यक्तिहरूलाई जग्गा उपलब्ध गराउन आयोगले काम गर्ने भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलले उल्लेख गरे।
कार्यक्रममा थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, आयोगका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईं, सदस्य डिलमाया घर्ती, मालपोत कार्यालय मकवानपुरका प्रमुख रघुवंश कडेल, नापी कार्यालय मकवानपुरका प्रमुख खीमबहादुर राना, वडा अध्यक्षहरू तथा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।