- होली पर्व मनाउने नाममा कोही कसैलाई इच्छा विपरित रंग नदल्न, अबिर हाल्ने, लोला हान्ने तथा हो–हल्ला गर्ने कार्य नगर्न, जबरजस्ती अमर्यादित गैर कानूनी र उच्छङ्खल किसिमका कुनै पनि व्यवहार गर्ने कार्य कानून विपरित भएकाले त्यस्ता क्रियाकलाप रोक्न प्रहरीले आग्रह गरेको हो ।
रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले फागु पुर्णिमा अर्थात होली पर्वलाई मर्यादित,सभ्य र सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ ।
होली पर्व मनाउने नाममा कोही कसैलाई इच्छा विपरित रंग नदल्न, अबिर हाल्ने, लोला हान्ने तथा हो–हल्ला गर्ने कार्य नगर्न, जबरजस्ती अमर्यादित गैर कानूनी र उच्छङ्खल किसिमका कुनै पनि व्यवहार गर्ने कार्य कानून विपरित भएकाले त्यस्ता क्रियाकलाप रोक्न प्रहरीले आग्रह गरेको हो ।
रौतहट प्रहरीले सूचना जारी गर्दै आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेलौं, भाँग, गाँजा, वा कुनै किसिमको नसालु पदार्थ सेवन नगरौं, होली पर्वको नाममा जाँड रक्सीको सेवन गरी उच्छृङ्खल क्रियाकलापहरु नगरौं ,असभ्य र अश्लिल होलीका गीतहरु नबजाऔं, ध्वनि प्रदुषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको चर्को आवाजमा बाजा, माइक आदिको प्रयोग नगरौं र साँझसम्म होली नखेल्न भनिएको छ ।
होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी दिपक कुमार रायले बताए ।
यद्यपी कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानुन बमोजिम कारबाही गरिने उनले बताए ।
यात्रामा निस्किएका व्यक्तिहरु, बाटोमा हिडिरहेका महिला तथा बालबालिकाहरुलाई होलीको नाममा दुख दिने, हैरानी दिने गरेको पाइएमा तुरुन्त प्रहरीलाई खबर गर्न उनले आग्रह गरेका छन ।
मादक पदार्थ सेवन गरी हुलहुज्जत तथा झैझगडाको घटना बढी हुने भएकाले यस्तो कार्य नगर्न उनले अनुरोध समेत गरे । यस्ता कार्यहरु गरे गराएमा जिल्ला प्रहरी कार्यालय रौतहटमा जानकारी गराउन समेत उनले अपिल गरेका छन । होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।रंगको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाववृद्धिको पर्वको रुपमा पनि लिने गरिन्छ ।
्यही फाल्गुन २९ गते पहाडी जिल्ला र चैत्र १ गते तराईमा होली मनाईदै छ । फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट (प्रतिपदाको दिन) होली मनाउने चलन छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’