काठमाडौँ महानगरले तोक्यो १ लाख जरिवाना

२०८१ फागुन २५ आईतवार
सारांश
  • त्यहाँ रहेका बिरूवाका साथै रेलिङमा भौतिक क्षति पुगेको र जथाभाबी फोहोर गरी वातावरण प्रदूषण गरिएको महानगरपालिकाले जनाएको छ।

काठमाडाैँ: आज पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आयोजित कार्यक्रममा विमानस्थल, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ।

 

कार्यक्रममा सहभागीहरूबाट सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्ड र त्यहाँ रहेका बिरूवाका साथै रेलिङमा भौतिक क्षति पुगेको र जथाभाबी फोहोर गरी वातावरण प्रदूषण गरिएको महानगरपालिकाले जनाएको छ।

 

महानगरका नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापा मगरले राष्ट्रिय प्रजातन्त्र पार्टीका नाममा पठाएको चिठीमा फोहोरमैला व्यवस्थापन ऐन २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र आर्थिक ऐन २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको उल्लेख छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार