क्रिप्टोकरेन्सी प्रयोग तथा जुवा वा सट्टावाजी गर्न नहुने कसूरमा ५ जना पक्राउ
२०८१ फागुन २५ आईतवार
- पक्राउ पर्नेहरुमा म्याग्दी घर भएका ३३ वर्षीय बिक्रम बानिया, १९ वर्षीय रोजन के.सी, २२ वर्षका सज्जन घिमिरे, २८ वर्षका सन्दिप कटुवाल रहेका हुन् ।
काठमाडौं: जिल्ला प्रहरी कार्यालय कास्कीले शंकास्पद गतिविधी भईरहेको भन्ने गोप्य सूचानाको आधारमा गत शुक्रवार ५ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा म्याग्दी घर भएका ३३ वर्षीय बिक्रम बानिया, १९ वर्षीय रोजन के.सी, २२ वर्षका सज्जन घिमिरे, २८ वर्षका सन्दिप कटुवाल रहेका हुन् ।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्र.उ.श्याम बाबु ओलियाको कमाण्डमा संयुक्तरुपमा खटिएको प्रहरी टोलीले पर्वत स्थायी घर भएका रुपेन्द्र जि.सी.को साढे ३ तलाको घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
क्रिप्टो करेन्सी कारोवार, अनलाईन जुवा÷ सट्टावाजी मा प्रयोग गरिएको भनिएका विभिन्न ईलेक्ट्रोनिक डिभाईसको साथमा उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलिया जानकारी दिए ।
उनीहरुको साथबाट मोवाईल फोन– ३१ थान, कम्प्युटर मनिटर–२ थान, ल्याप्टप– ४ थान, उबम– १ थान, किवोर्ड– २ थान, माउस– १ थान, राउटर– ४ थान, पेनड्राईभ– ३ थान, हार्डडिक्स– १ थान, मल्टिपल्क– १ थान, चार्जर– ११ थान, स्टेण्ड– १ थान, स्टेम्प छाप– १ थान, नगद रु.७२,५०० लगाएतका सामानहरु बरामद भएको प्रहरी उपरीक्षक ओलिया जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।