बतास ट्रयाक्टर्सले गर्यो हाइड्रो सेगमेन्टका ग्राहक केन्द्रित सम्मेलन

२०८१ फागुन २५ आईतवार
सारांश
  • क्याटरपिलरको मेशिनरीको अद्वितीय क्षमता र हाइड्रो परियोजनामा दक्षता, नवीनता र प्रभावकारिता प्रस्तुत गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

काठमाडौं : नेपालका लागि क्याटरपिलर हेवी ईक्विप्मेन्टको आधिकारीक बिक्रेता बतास ट्रयाक्टर्स प्रालिले हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित गरी ग्राहक सम्मेलन आयोजना गरेको छ । 


क्याटरपिलरको मेशिनरीको अद्वितीय क्षमता र हाइड्रो परियोजनामा दक्षता, नवीनता र प्रभावकारिता प्रस्तुत गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।


सम्मेलनमा हाइड्रोपावर उद्योगका ५० भन्दा बढी सम्मानित ग्राहकले सहभागिता रहेको थियो ।

 क्याटरपिलरका प्रमुख कम्पनी गेनवेल कमोशेल्स इण्डियाका सीआई प्रमुख दीपक जोलीले क्याटरपिलरका मेशिनरीहरू नेपालको हाइड्रो सेगमेन्टमा अग्रणी स्थानमा रहेकोमा ग्राहकको विश्वास र समर्थनका लागि  धन्यवाद व्यक्त गरेका छन् । 


कम्पनीका कार्यकारी निर्देशक दीपेन्द्र मल्ले ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउन र निर्माण र हाइड्रोपावर प्रविधिमा नवीनतम् प्रगति प्रदर्शन गर्न बतास ट्रयाक्टर्स सदैव तत्पर रहेको प्रष्ट पारेका छन् ।


सम्मेलनमा हालै क्याटरपिलर मेशिनरी खरिद गर्ने सम्मानित ग्राहकहरूलाई चाबी हस्तान्तरण समारोह आयोजना गरिएको छ । जसमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, फेवा कन्स्ट्रक्सन, भूगोल इन्फ्रास्ट्रक्चर, सिउरी न्यादी, र बन्दन भगवती निर्माण सेवा जस्ता कम्पनीहरू समावेश छन् ।


कार्यक्रममा गेनवेल कमोशेल्स ईण्डियाका शेल्स हेड आनन्द झाले क्याटरपिलर मेशिनरीहरूको प्राविधिक विशेषताहरू, लागत दक्षताको बारेमा विस्तृत जानकारी दिएका छन् । जसमा ३२०डी३ जिसी, २०–टन, २३–टन, र २५–टनका एक्साभेटर, ब्याकहो लोडर, मोटर ग्रेडर जस्ता मोडेलहरू समावेश छन् ।


गेनवेल कमोशेल्स ईण्डियाका बिक्रि तथा प्रबन्धक निर्देशक मुकुल दिक्षितले मुख्य आकर्षण रहेको जिसी सिरिज मेशिनरीहरूले कसरी हाइड्रोपावर परियोजनाहरूमा नवीनता र दक्षता ल्याउन सक्छ भन्ने बारेमा जानकारी दिँदै यस सिरिजले भारतमा हेवी इक्विपमेन्ट उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएर आफूलाई प्रमाणित गरी सकेको बताएका छन् ।


क्याटरपिलरले २४सै घण्टा सर्भिस र स्पेयर पाट्र्स समर्थन प्रदान गर्दै आएको र यसले दुर्गम स्थानहरूमा पनि मेशिनरीको परिवहनको लागि डिस्मान्टलिङ र हेलिकप्टर लिफटिङजस्ता उन्नत समाधानहरू प्रदान गर्दै आएको क्याटरपिलरका सेवा प्रदायक कम्पनी ट्रयाक्टर्स नेपालका जानकारी दिइयो ।


बतास ट्रयाक्टर्स प्रालिका प्रबन्धक निर्देशक शान्तराज बतासले हाइड्रोपावर नेपालको आर्थिक विकासको आधारशिला रहेको र क्याटरपिलर मेशिनरीहरू हाइड्रोपावर परियोजनाहरूको अनौठा चुनौतीहरू पूरा गर्न पूर्ण रूपमा उपयुक्त रहेको जानकारी दिए। सम्मेलनमार्फत हाइड्रो परियोजनाहरूमा न्यूनतम डाउनटाइम र अधिकतम उत्पादकता सुनिश्चित गर्न कस्टमर सर्भिस अग्रिमेन्ट गर्न आग्रह गरिएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार