- विहीबार काठमाडौंमा आयोजित पत्रकारसँग अन्तक्रिया कार्यक्रममा उनले राष्ट्र सुधार गर्नको लागि पहिला आफू सुध्रिनुपर्ने बताए ।
काठमाडौं : महालेखा परीक्षक तोयम रायाले हाल राष्ट्रको विकल्प राष्ट्र सुधारबाहेक अरु नरहेको बताएका छन् ।
विहीबार काठमाडौंमा आयोजित पत्रकारसँग अन्तक्रिया कार्यक्रममा उनले राष्ट्र सुधार गर्नको लागि पहिला आफू सुध्रिनुपर्ने बताए ।
उनले भने, ‘राष्ट्रको विकल्प सुधार नै हो, अरु विकल्प छैन् । हामी कहिले सुध्रिने हो भन्ने कुरा हामी सबै जमघट भएर छलफल गरेर गर्नुपर्ने हो । सुध्रिन चाही पर्छ यसको विकल्प छैन् ।’
यस्तै, उनले घुस खाने कुरामा महालेखापरीक्षकको कुनै हिस्सा नभएको भन्दै यसमा ढुक्क हुन आग्रह गरेका छन् ।
उनले भने, ‘घुस खुवाएको कुरापनि आएको छ । यस्तो मान्छेहरुको नाम सबैले उजागर गर्नुपर्यो । म पनि उजागर गर्छु । यसको साथै विश्वास के दिलाउन चाहन्छु भने महालेखापरीक्षक घुसमा कुनै हिस्सा हुदैँन् । हुने छैन् । त्यस्तो भएको कतै पाइएछ भने त्यसलाई छोडिने पनि छैन् ।’
यसको साथै, उनले सुझावहरु कार्यान्वयन नभएको भन्ने गुनासोहरु धेरै आएको भन्दै कतिपय कानून निर्माण जटिल भएकाले समय लागेपनि सुझावहरु कार्यान्वयन भएको बताए ।
उनले भने, ‘सुझावहरु कार्यान्वयन नभएका होइनन् । धेरै भएका छन् । तर कतिपय कानून निर्माण जटिल पनि हुन्छन् । यही वर्ष हुन्छ भनेर लेख्ने वित्तिकै टुङ्गिन्छ भन्ने हुदैँन् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।