‘फिल्ममा महिला र पुरुषलाई बराबरी पारिश्रमिक दिने अवस्था बन्नुपर्छ’
२०८१ फागुन २० गते मंगलवार
- मंगलबार ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘चलचित्रमा नारी’ कार्यक्रममा उनले हरेक क्षेत्रमा महिला महिला किन भन्नुपर्यो भन्ने खालको प्रश्न उठ्ने गरेको भन्दै महिलालाई हरेक क्षेत्रमा पछाडि राख्ने हुँदा यस्तो कुराहरु उठाउनु पर्ने बताइन् ।
काठमाडौं : काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले फिल्ममा महिला र पुरुषलाई बराबरी पारिश्रमिक दिने अवस्था सिर्जना हुनुपर्ने बताएकी छन् ।
मंगलबार ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘चलचित्रमा नारी’ कार्यक्रममा उनले हरेक क्षेत्रमा महिला महिला किन भन्नुपर्यो भन्ने खालको प्रश्न उठ्ने गरेको भन्दै महिलालाई हरेक क्षेत्रमा पछाडि राख्ने हुँदा यस्तो कुराहरु उठाउनु पर्ने बताइन् ।
उनले भनिन्, ‘फिल्मको मुख्य भूमिका जहिलेपनि पुरुषको हुनुपर्छ भन्ने छैन् । मुख्य पात्र महिला हुन सक्छन । अहिले विस्तारै विभिन्न हिसाबले फिल्ममा देखाउन खोजिएको छ । धेरै अगाडि सुरु भएको अभियान अझै बढि रहेको छ । हरेक क्षेत्रमा महिला महिला भनेर किन भन्नुपर्यो भन्ने प्रश्न पनि आउछ । तर भित्र हेर्ने हो भने फिल्ममा महिला र पुरुषलाई बराबरी पारिश्रमिक दिएको छौं त ? हेर्दा स्क्रिन टाइम उस्त दिएका छौं । पात्रको भूमिका पनि सशक्त दिएको छौं भन्ने गर्छौं । तर भित्र अलिकति गहिरिएर हेर्ने हो भने पारिश्रमिक जस्तै अरु विविध पक्षहरुमा पनि मन ठूलो बनाएर हेर्नुपर्ने आवश्यक छ ।’
यसको साथै, उनले चलचित्र महोत्सवमा फिल्ममा क्यामेरा अगाडि मात्र नभइ पछाडि बसेर पनि मेहेनत गर्ने सम्पूर्ण नारीहरुको लागि भएको बताइन् ।
सोही कार्यक्रममा कलाकार बसुन्धारा भुषालले कलाकारहरुको अनुशासन हुदैँन् भन्ने कुरा एकदमै गलत भएको भन्दै सुटिङ् गर्ने बेला कलाकारहरु जति अनुशासनमा बस्नुपर्छ त्यो कुनै विद्यालय र कलेजमा नहुने बताइन् ।
११५ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा चलचित्र विकास बोर्डको महिला चलचित्रकर्मी सशक्तिकरण समितिको आयोजनामा ‘चलचित्रमा नारी’ भनेर तीन दिने कार्यक्रम हुन लागेको हो ।
मंगलबार उद्घाटन समारोहमा ‘सिन्दुर’ चलचित्र प्रदर्शन पनि गरिएको थियो, भोलि दोस्रो दिनमा महोत्सव रहेको छ । जसअन्तरगत विभिन्न समयमा बनेको नारीप्रधान चलचित्रहरु प्रदर्शन गरिने छ भने तेस्रो र अन्तिम दिनमा विभिन्न महिला चलचित्रकर्मीहरुलाई पुरस्कार वितरण गरिने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।