तीनवटा विधेयकलाई चैत्र मसान्तभित्र टुङ्गो लगाउन अर्थमन्त्रीको आग्रह
२०८१ फागुन २० गते मंगलवार
- मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै उनले समितिमा विचाराधिक विधेयकहरु आवश्यकताको दृष्टिकोणले पनि महत्वपूर्ण रहेको हुनाले चैत्र मसान्तभित्र समितिमा छलफलगरी टुङ्गो लगाउन आग्रह गरेका हुन् ।
काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले अर्थ समितिमा विचाराधिन रहेका तीनवटा विधेयकलाई चैत्र मसान्तभित्र टुङ्गो लगाउन आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै उनले समितिमा विचाराधिक विधेयकहरु आवश्यकताको दृष्टिकोणले पनि महत्वपूर्ण रहेको हुनाले चैत्र मसान्तभित्र समितिमा छलफलगरी टुङ्गो लगाउन आग्रह गरेका हुन् ।
उनले भने,‘ सकेसम्म चैत्र मसान्तभित्र यी तीनवटै विधेयकहरु समितिमा छलफल होस् । समितिले निर्णय गरोस् र र समितिको निश्कर्ष प्रतिनिधिसभा समक्ष प्रस्तुत हुन भनेर आग्रह गर्छु । समितिमा विचाराधिन विधेयकहरु आवश्यकताको दृष्टिकोणले पनि महत्वपूर्ण रहेको हुनाले यथासिघ्र चाँडो निश्कर्षमा पुग्नको लागि आफ्नो अनुरोधलाई दोहोर्याउन चाहन्छु । चैत्र समान्तभित्र यी तीनवटा नै विधेयक समितिबाट प्रतिनिधिसभामा प्रस्तुत होस् ।’
उनले अहिले विधि निर्माणको काममा ढिलाई यो भन्ने जनस्तरबाट र विज्ञहरुबाट पनि आलोचना भइरहेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण भएको बताए ।
उनले भने,‘अहिले विधि निर्माणको काम अहिले विस्तारै भयो भन्ने जनस्तरबाट पनि आलोचना आइरहेको छ । विज्ञहरुले पनि त्यसखालको टिप्पणीहरु गरिरहेको छन् । विधि निर्माणको काम अलि ढिलो भन्ने दृष्टिकोणबाट आएका सुझावहरु टिप्पणीहरु आलोचनाहरुकोप्रति सरकारको ध्यान गएको छ । विचाराधिन विधेयकहरुलाई छिटो भन्दा छिटो टुङ्गोमा पुर्याउने र सभासमक्ष प्रस्तुत गर्ने सभाबाट पनि चाँडो निर्णय होस् भन्ने सरकारको चाहना छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।