- दुई युवा–युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा एक पुरुष र एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
दुई युवा–युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
कार्यालयका प्रमुख एसपी नारायण प्रसाद चिमरियाले पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा जोडी मृत फेला परेको बताए ।
उनका अनुसार पथरीशनिश्चरे–५ का अजय टुडू र कटहरी गाउँपालिका–६ माइती जुबामुनी हस्दा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
चिमरियाले भने, ‘मृतक पुरुषका दुई छोरा छन् । महिलाको पनि ढेड बर्षको बच्चा रहेको बुझिएको छ । घटना हेर्दा उनीहरु प्रेम सम्बन्धमा रहेको देखिन्छ ।’
प्रहरीका अनुसार यही फागुन १८ गते राति पुरुषले ति महिलालाई आफ्नो घर ल्याएर आएका थिए । त्यसपछि घरमा खाना खाएर उनीहरु बाहिर निस्किएका थिए । हिजो(१९ गते) त्यही रहेको शुक्रबारे हाटमा घुमेका पनि थिए ।
आज विहान समेत मौलिबारीको पोखरीको डिलमा गफ गरेर बसेका स्थानीयले देखेको एसपी चिमरियाले बताए । फेरि विहानै १० बजे पछि स्थानीयले नै झुण्डिएको अवस्थामा देखेर आफन्त हुँदै प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको चिमरियाले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’