सेनाले गर्यो हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा

२०८१ फागुन १५ गते विहिबार
सारांश
  • फागुन ७ गते हरिहरपुरगढीबाट सुरु भएको पदयात्रा फाल्गुण १४ गते सिन्धुलीगढी पुगेर सम्पन्न भएका हो ।

रामेछाप: नेपाली सेनाले यस वर्ष पनि ऐतिहासिक हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्मको एकीकरण पदयात्रा सम्पन्न गरेको छ । 


फागुन ७ गते हरिहरपुरगढीबाट सुरु भएको पदयात्रा फाल्गुण १४ गते सिन्धुलीगढी पुगेर सम्पन्न भएका हो । सिन्धुलीस्थित भवानी बक्स गण र श्री नं.९ बाहिनी अड्डा अन्तरगतका युनिटबाट अधिकृत, पदिक तथा जवानहरूको सक्रिय सहभागितामा पदयात्रा सम्पन्न भएको थियो ।


ऐतिहासिक गढी किल्लाको  संरक्षण गर्न तथा नेपाल एकीकरणका क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गहरूको पहिचान, संरक्षण र संवद्र्धन गर्नुका साथै नयाँ पुस्तालाई सो बारे जानकारी गराउने उद्देश्यले सो पद यात्रा सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ । 


पदयात्राले नेपाल एकीकरण अभियानसँग सम्बन्धित ऐतिहासिक गढी तथा किल्लाहरूको महत्त्व उजागर गर्दै राष्ट्र भक्तिका भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ । 


महाशिवरात्रि तथा २६२ औ सेना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा श्री मध्य पूर्वी पृतनाका निमित्त पृतनापति सहायक रथी भुवन खत्री, कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोखरेल, श्री नं.९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी युवराज कार्की, सिन्धुली जिल्लाका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार