फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका

२०८१ फागुन १५ गते विहिबार
सारांश
  • भत्किएको संरचनामा बनेको प्रयोगविहीन शौचालय भित्र फोहोरको थुप्रोले ढाकेको अवस्था शव फेला परेको हो ।

काठमाडौँ, १५ फागुन : काठमाडौँको सुकेधारामा फोहरले पुरेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

 

काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित धोविखोला करिडोरको पश्चिमतर्फ शारदा डंगोल र तीर्थ श्रेष्ठको भत्किएको संरचनामा बनेको प्रयोगविहीन शौचालय भित्र फोहोरको थुप्रोले ढाकेको अवस्था शव फेला परेको हो ।

 

उक्त शव ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–७  बस्ने ५० वर्षीय अडविर राईको रहेको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । स्थानीयले दिएको जानकारीका आधारमा पुगेको प्रहरी टोलीले म्याट्रेस, सिरानी, झोला, फोहर कपडालगायतले पुरेर राखेको अवस्थामा शव भेटिएको उनले बताए। उक्त शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ ।

 

फोहर हटाएर हेर्दा राईको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरेको जस्तो देखिने चोट रहेको तथा अनुहार र कपालमा रगत लतपतिएको पाइएको प्रहरीले जनाएको छ ।  

 

शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको र खोजतलास गर्दा आज परिवार सम्पर्कमा आएकाले परिवार आए पछि शव बुझाइने जनाइएको छ । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार