प्रविधिमैत्री संरचना र स्मार्ट सिटी निर्माणमा ललितपुर महानगर
१३ फाल्गुन, २०८१, मगलवार
- महानगरले नेपालमै पहिलो पटक इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेर नयाँ कामको थालनी गरिसकेको छ ।
ललितपुर, १३ फागुन । ललितपुर महानगरका प्रविधिमैत्री बन्दै स्मार्ट सिटी निर्माणको कामलाई गति दिएको छ । महानगरले नेपालमै पहिलो पटक इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेर नयाँ कामको थालनी गरिसकेको छ ।
महानगरपालिका, सडक विभाग र ट्राफिक प्रहरी तीन निकायको समन्वयमा लाइट जडान भएपनि नयाँ प्रविधिमा अभ्यस्त नहुँदा केही समस्या आइरहेको महानगरपालिकाका सहरी विकास प्रमुख श्रीकुमार महर्जनको भनाइ छ । बत्तीले गाडीहरुको चापलाई रिड गरेर भोलिको लागि तालिका बनाउने हुँदा भिआइपीको सवारी हुँदा पनि लाइट बन्द नगर्ने पनि उनले बताए । उनले भने, ‘इन्टेलिजेन्ट ट्राफिक लाइटको सिस्टम नेपालमा अहिलेसम्म नभएको प्रविधि हो । यो आफै रिड गरेर चल्छ, कुपण्डोलबाट ललितपुरभित्र आएपछि लगभग ६ स्थानमा जडान भएको छ । इन्टेलिजेन्ट ट्राफिक लाइटले सुरुमा गारो भएको थियो । महानगरपालिका, सडक विभाग र ट्राफिक प्रहरीबिच समन्वयमा हुनुपर्ने हो । हामीले जडान त गर्यौ तर बानी नपरेको हुनाले अलि समस्याहरु आएको थियो ।’
यसको साथै महानगरलाई स्मार्ट सिटी बनाउनको लागि थुप्रै कामहरु भइरहेको पनि उनले जानकारी दिए । पुल र बत्तीको काम पहिलो प्राथमिकतामा राखिएको र कुसुन्ति साथै धोबीघाटमा पुल निर्माण भइरहेको उनले बताए ।
यस्तै, महर्जनका अनुसार अहिले पार्किङ्को धेरै समस्या भएको कारण यसमा पनि काम भइरहेको छ र सांस्कृतिक क्षेत्रहरुमा सवारी साधनहरुलाई कसरी कम गर्ने अथवा चलाउन नै नदिने भन्ने कुरामा पनि अभ्यासहरु भइरहेको छ ।
उनले भने, ‘स्मार्ट सिटीको काम धेरै भइरहेको छ तर काम बाँकी छ । सबैभन्दा ठूलो कुरा भनेको हामीले दिने सेवामा हो, संरचनाहरुको काम त भइरहेको छ । पाटन अस्पताल अगाडि पनि पुल बनाउन खोजी रहेका छौ । विशेषगरी पार्किङलाई व्यवस्थित गर्ने प्रयासमा छौं । हाम्रो सांस्कृतिक क्षेत्रहरुमा सवारी साधनलाई कसरी कम गर्ने अथवा चलाउन नै नदिने भन्ने कुरामा पनि अभ्यासहरु भइरहेको छ ।’
उनले सातदोबाटो–चाँपागाउँ र एकान्त कुना क्षेत्रमा फ्लाई ओभरको कामलाई सरकारले गर्न सके राम्रो हुने बताए ।
यसको साथै, इन्टेलिजेन्ट ट्राफिक लाइट पनि एकान्तकुना हुदैँ भैसीपाटी र त्यहाँभन्दा माथि चुनिखेलसम्म, दोस्रो रुट जवालाखेलबाट सातदोबाटो हुदैँ गोदावरी जाने बाटोमा र पुल्चोकबाट मंगलबजार हुदैँ ग्वार्कोसम्म गरी तीन ठाँउमा जडान गर्ने प्रोजेक्ट अघि बढ्ने उनले बताए ।
महानगरपालिकाले संस्कृती र परम्परालाई संरक्षण गर्ने उद्देश्यले विभिन्न योजनाहरु पनि अघि सारेको उनले बताए । पुरानोशैलीको घरलाई भूकम्परहित घर कसरी बनाउन सकिन्छ भन्ने कुरामा अध्ययन भइरहेको र यसको वैज्ञानिक रिपोर्ट पनि केही महिनामा नै आउने उनले बताए । हुँदा कार्यविधि अथवा नियम बनाएर नै पुरानोशैलीको घरको नक्सा पास गर्ने प्रक्रियामा रहेको पनि महर्जनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’