- ना ८ ख ८७७३ नम्बरको बसलाई हेटौँडा–१५,रातोमाटे स्थित चेकपोस्टमा चेकजाँच गर्ने क्रममा प्रहरीले पेस्तोल बरामद गरेको हो ।
रौतहट : रौतहटको गौरबाट चितवनतर्फ जाँदै गरेको एक यात्रु बाहक बसबाट प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ ।
ना ८ ख ८७७३ नम्बरको बसलाई हेटौँडा–१५,रातोमाटे स्थित चेकपोस्टमा चेकजाँच गर्ने क्रममा प्रहरीले पेस्तोल बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार एक थान पेस्तोल र ९ मिलिमिटरको ३ राउन्ड गोलीसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरजकुमार र मोतिहारी जिल्ला बहरी ग्रामका २६ वर्षीय दीपककुमार रहेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख, प्रहरी उपरीक्षक विश्वराज खड्काले पेस्तोल सहित पक्राउ परेका नागरिकका बारेमा आवश्यक अनुसन्धान भै रहेको जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’