त्रिविका कार्यकारी निर्देशक र पदाधिकारीको पारिश्रमिक विषयमा आपत्ति

२०८१ फागुन १२ गते सोमबार
सारांश
  • त्रिभुवन विश्‍वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि विज्ञहरुसँग छलफलमा उनले तोकिएबमोजिम भनेर पारिश्रमिक सेवा सुविधा राख्दा भ्रष्टाचार हुने बताए ।


काठमाडौं : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका पूर्वसभापति रामनारायण बिडारीले त्रिभुवन विश्‍वविद्यालयमा तीन जना कार्यकारी निर्देशक र अन्य पदाधीकारीको पारिश्रमिक, सेवा एवम सुविधाका विषयमा असहमति राखेका छन् । 


सोमबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको त्रिभुवन विश्‍वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि विज्ञहरुसँग छलफलमा उनले तोकिएबमोजिम भनेर पारिश्रमिक सेवा सुविधा राख्दा भ्रष्टाचार हुने बताए । 


उनले भने,‘तीन जना कार्यकारी निर्देशक र अन्य पदाधीकारीको नियुक्ति काम कारबाही पारिश्रमिक सुविधा र सेवाको अन्य सर्तमा तोकिए बमोजिम हुने छ भन्ने छ । भ्रष्टाचार हुने ठाउँ यही हो । सिद्धान्तले संसदको कानुन बमोजिम बाहेक राज्य कोषबाट खर्च गर्न पाइदैन् भन्ने छ । विश्वविद्यालयलाई राज्यकोषबाट अनुदान दिन्छ सरकारले, त्यो रकम सबै आफ्नो मनपरी खर्च गर्न पाउने भएकी भएनन् ?  कार्यकारीको हैसियत सचिव सरह हुनेछ, सरकारको प्रथम श्रेणीको अधिकृत सरह हुने छ भन्या होइन, राज्य कोष कसरी खर्च हुन्छ, भ्रष्टाचार कसरी हुन्छ भन्ने यहाँबाट थाहा हुन्छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार