शान्ति सैनिक दक्षिण सुडान प्रस्थान

२०८१ फागुन ११ गते आईतवार
सारांश
  • सेनानी मिलन आचार्यको नेतृत्वमा उक्त टोली कार्यस्थलतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ ।

काठमाडौँ, ११ फागुनः संयुक्त राष्ट्रसङ्घको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनाका निम्ति खटिएको चण्डीप्रसाद गणको दुई सय ११ जनाको डप्फा गएरति त्यसतर्फ प्रस्थान गरेको छ ।

 

सेनानी मिलन आचार्यको नेतृत्वमा उक्त टोली कार्यस्थलतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ । 


प्रमुख सेनानी महेश्वर सिलवाल नेतृत्वको दुई सय १३ सदस्यीय अरिदमन गण शनिबार काठमाडौँ आएसँगै सेनानी आचार्य नेतृत्वको फौज दक्षिण सुडानको राजधानी जुभातर्फ प्रस्थान गरेको हो ।

 

हाल दक्षिण सुडानमा नेपाली सेनाबाट ‘सेक्टर कमाण्डर,’ सैनिक पर्यवेक्षक, ‘स्टाफ’ अधिकृत र दुई वटा गण तथा एउटा गुल्म गरी एक हजार सात सय ५६ जना शान्ति सैनिक कार्यरत छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार