पूर्वराजा ज्ञानेन्द्रले ०८४ को चुनाव लड्ने हिम्मत गरुन् : न्यौपाने

२०८१ फागुन ११ गते आईतवार
सारांश
  • नेपालमा लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले आएको होइन, नेपाली जनताको शक्तिले हासिल गरेको हो ।

काठमाडौं : नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा नै आउने चाहना भए ०८४ को निर्वाचनमा भाग लिन चुनौती दिएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा उनले कसैको कृपाले सत्तामा फर्किने नसोच्न पनि आग्रह गरेकी हुन् ।


उनले भनिन् ,‘नेपालमा लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले आएको  होइन, नेपाली जनताको शक्तिले हासिल गरेको हो । गणतन्त्रमाथि प्रहार स्वीकार्य छैन, त्यति कुरा भन्न पाउने अधिकार यही लोकतन्त्रको देन हो । सत्तामा नै फर्कन चाहना छ भने टीका लगाएर वा कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपभोग गर्दै ०८४ को चुनावमा भाग लिने हिम्मत गर्नुस् । पूर्वराजा र समर्थकहरूलाई मेरो सुझाव छ– कहिल्यै पूरा नहुने झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस् । ’

 
साथै उनले पछिल्ला दिनहरुमा संसद जनताको समस्याको छलफल गर्ने भन्दा पनि एक अर्कालाई आरोप प्रत्यारोप गर्ने थलो भएको बताइन् । उनले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाको सन्देशले तरंग पैदा भएको बताइन् । 


शाहले प्रजातन्त्र दिवसको शुभकामना सन्देशमार्फत नेपालको उन्नतिका लागि आफूहरू आवश्यक सबै त्याग्न तयार रहेको बताएका थिए ।

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार