राधिकाको किताव २४ क्यारेटको सुनजस्तै हो, यसमा सत्य कुरा मात्र छ : ओली
२०८१ फागुन १० गते शनिवार
- शनिबार काठमाडौंमा आयोजित प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा उनले किताब केहीपनि नमिसिएको २४ क्यारेट सुनजस्तै पुस्तक भएको भन्दै सत्यमाथि कसैले प्रश्न उठाउन नसक्ने बताए ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राधिका शाक्यले लेखेको किताब कुनै उपन्यास नभएर सत्यमा आधारित भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा उनले किताब केहीपनि नमिसिएको २४ क्यारेट सुनजस्तै पुस्तक भएको भन्दै सत्यमाथि कसैले प्रश्न उठाउन नसक्ने बताए ।
उनले भने, ‘मैले पढ्दा किताब राम्रै लाग्यो । उपन्यास होईन सत्य कुराको लिखत हो । यो कहानी, कथा होइन यो सत्य हो । यो केही पनि नमिसिएको २४ क्यारेट पुस्तक हो । यसमा केही अन्य कुरा मिसिएको छैन् । पुस्तकमा भएको सत्यमाथि कसैले प्रश्न उठाउन सक्दैँन् । म ढुक्क छु, साक्षि छु ।’
उनले भने, ‘अर्को यसबाट मैले केही कुराहरु थाहा पाएको छु । केही माग, इच्छाहरु रहेछन् । जन्म दिनमा फूल दिउ भने भोलिपल्ट याद आउछ । यतिका वर्ष यस्तै गरेर नै गयो । तर मेरो जन्मदिन भने उसले भव्यताका साथ मनाउने गरेकी छन् ।’
यसको साथै, बाँच्ने मर्ने ठेगान नभएर घरखेत सबै सकाएर हिडेको मान्छे भएको हुनाले पाल्न सक्दिन्, पाल्न सक्ने हुत्ती भएको मान्छे होइन भनेर पहिलै प्रष्ट रुपमा भनेको पनि उनले सुनाए ।
उनले भने, ‘बाच्ने मर्ने ठेगान छैन्, न खेत छ न घर छ । केहीपनि छैन् । सबै सकाएर हिडेको मान्छे हुँ । एउटा श्रिमती पाल्छु भनेर धाक दिन पनि सक्दिन भनेर भन्ने गरेको थिए । त्यही भएर म पाल्न सक्दिन् पाल्न सक्ने हुत्ती भएको मान्छे होइन भनेर प्रष्ट भनेको थिए ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।