- पर्सा गाउँपालिका वडा नम्वर ६ मङराहा पोखरी स्थित हुलाकी सडकमा प्रहरी चौकी पर्साबाट खटिएको चेकजाँच टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
सर्लाही: सर्लाही प्रहरीले लागुऔषध ओनेरेक्स र आरजेई–एससिइएनको दुई सय बोटल सहित दुई जनालाई पक्राउ गरेको छ ।
पर्सा गाउँपालिका वडा नम्वर ६ मङराहा पोखरी स्थित हुलाकी सडकमा प्रहरी चौकी पर्साबाट खटिएको चेकजाँच टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
पर्सा गाउँपालिकाको मङराहा पोखरी स्थित हुलाकी सडकबाट प्रहरीले लागुऔषध सहित सर्लाही लालबन्दी ११ का २६ बर्षीय मुकेश यादव र सोही मोटरसाइकलमा पछाडी सवार १९ बर्षीय संजिव महतोलाई पक्राउ गरेको सर्लाही प्रहरीद्वारा जारी गरिएको प्रेस नोटमा उल्लेख छ ।
भारतबाट नेपाल तर्फ आउँदै गर्दा ना.४२ प. ४२७० नम्वरको मोटरसाइकलमा आउँदै गरेका अवस्थामा ओनेरेक्स–१०० एमएलको १७० बोटल र आरजेई–एससिइएन–१०० एमएलको २४ बोटल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
लागुऔषध सहित पक्राउ गरिएका दुबै जनालाई सर्लाही जिल्ला अदालतबाट थुनामा राखी अनुसन्धान गर्नका लागि १० दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’