नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न विधेयकः गृहमन्त्री लेखक
२०८१ फागुन ४ गते आईतवार
- उनले नागरिकतासम्बन्धी समस्याको पीडाबाट नागरिकलाई मुक्ति दिन विधेयक ल्याइएको बताए ।
काठमाडौँ, ४ फागुनः गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक’ले नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयकमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले नागरिकतासम्बन्धी समस्याको पीडाबाट नागरिकलाई मुक्ति दिन विधेयक ल्याइएको बताए ।
“महिलालाई समान अधिकार दिन जरुरी छ, बुबा नागरिकता लिन जाँदा आमाको खोजी नहुने, आमा नागरिकता लिन जाँदा बुबाको खोजी हुने अवस्थालाई समानता भन्न सकिँदैन”, मन्त्री लेखकले भने, “नागरिकता प्राप्तिमा कसैलाई पनि विभेद नहोस्, लैङ्गिक समानताको सुनिश्चितता र नागरिकता वितरण प्रक्रियामा सहजीकरण होस् भनेर विधेयक ल्याइएको हो ।”
विधेयक पारित भएपछि तत्काल आवश्यक नियमावली, मापदण्ड र कार्यविधि बनाइने जानकारी दिँदै उहाँले लैङ्गिक विभेद नहुने गरी नागरिकता वितरण गरिने विश्वास दिलाए ।
गृहमन्त्री लेखकले नीतिगत सुधार, सेवा प्रवाह, आर्थिक उन्नति र समृद्धि सरकारको प्राथमिकतामा रहेको भन्दै मौजुदा कानुनलाई सरल र सहज बनाउन आवश्यक सबै कानुन संशाधेन गर्दै लगिने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।