जनता जागिसके, तत्काल राजासहितको प्रजातन्त्र घोषणा गरौं : सांसद जबरा

२०८१ फागुन ४ गते आईतवार
सारांश
  • आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राप्रपा सांसद धवल शम्सेर जबराले नेपालमा ९४ प्रतिशर ओमकार समूदाय रहँदा रहँदै विदेशीको आडमा धर्मनिरपेक्ष राज्य बनाइएको आरोप लगाएका हुन् ।

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउन विदेशी चलखेल भएको दाबी गरेको छ  ।


आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राप्रपा सांसद धवल शम्सेर जबराले नेपालमा ९४ प्रतिशर ओमकार समूदाय रहँदा रहँदै विदेशीको आडमा धर्मनिरपेक्ष राज्य बनाइएको आरोप लगाएका हुन् ।


उनले भने, ‘म विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु कि ९४ प्रतिशत ओमकार परिवार बस्ने राष्ट्रका नागरिकलाई चित्त बुझेको छैन । पुन यो राज्यलाई धर्मसापेक्ष नेपाल अर्थात राजासहितको प्रजातन्त्रमा परिणत गर्नका लागि सभामा आग्रह गर्न चाहन्छौं । जनता जागिसकेका छन् । यो कुरामा अब नेपाली जनता चुप लागेर बस्ने स्थितिमा छैन् । भोलि आन्दोलन हुन्छ ।’


साथै उनले नेपाली जनता जागेको दिन यो संसद्लाई अफ्ठ्यारो पर्ने हुँदा बेलामै निर्णय सच्याउन माग गरेका छन् । 


नेपालमा धर्म परिवर्तन गराउन अमेरिकाले डलर खर्च गरेको घटनामा अमेरिकी दूतावासलाई कूटनीतिक नोट पठाउन समेत माग गरे ।

 

 

 


 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार