सात महिना वित्यो, मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे

२०८१ फागुन ३ गते शनिवार
सारांश
  • शनिबार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा कुनैपनि विपत्ति नभएपनि दुई ठूला दल मिलेको भन्दै ठूला दल मिल्दा पनि देशमा केही परिवर्तन नभएको बताए ।

काठमाडौं : नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकारले सात महिना बित्दा पनि केही काम गर्न नसकेको बताएका छन् । 


शनिबार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा कुनैपनि विपत्ति नभएपनि दुई ठूला दल मिलेको भन्दै ठूला दल मिल्दा पनि देशमा केही परिवर्तन नभएको बताए । 


उनले भने, ‘व्यवस्थाको हिसाबले सबैभन्दा उत्कृष्ट संविधान हामीले निर्माण गर्यौं । तर पनि समाधान निस्किएन । एमालेका अध्यक्ष र काङ्ग्रेसका सभापति मिलेका छन् । वास्तवमा कुनैपनि देशमा ठूलो विपत्ति, राष्ट्रिय संकट, विदेशी हमला भएको र साच्चिकै आपत्ति भएको बेला मात्र प्रमुख दलहरु मिल्छन् । तर हाम्रो देशमा त्यस्तो कुनै अवस्था पनि थिएन् । तर ठूला दल मिले र देशमा विकास गर्छौ, नयाँ फड्को मार्छौ भने । तर यो सात महिना बित्दा पनि केही हुन सकेको छैन् ।’


यसको साथै, उनले देश मरुभूमी बन्दै गइरहेका बेला सरकारले चिन्ता नै नलिएको पनि बताए । 


उनले भने, ‘सुशासन ल्याउने, भ्रष्टाचार हटाउने नारा लगाए । आर्थिक समृद्धि ल्याउछौ पनि भने । तर व्यापार घाटा बढेको छ । भ्रष्टाचारले बाटो काटेको छ । बेरोजगारी बढेको छ । देश मरुभूमी हुदैँछ । यस्तो अवस्थामा चिन्तामा हुनुपर्ने सरकारले चिन्ता लिएको छैन् ।’
मुलुक डरलाग्दो सुरुङतिर फस्यो ः भुसाल


सोही क्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक झन् झन् डरलाग्दो सुरुङ्भित्र पस्दै गएको बताए । 


उनले भने, ‘मुलुक झन् झन् डरलाग्दो सुरुङ्भित्र पस्दैछ । अनि सत्तामा को छन् भन्दा लिपापोती गर्नेहरु छन् । ठूला पार्टी संसदीय मान्यताको हिसाबले किन एक ठाँउमा आए, के राष्ट्रिय परिस्थिती थियो ? संविधान छोएर पार लगाउछन् जस्तो लाग्दैन् । कांग्रेस र एमालेको विचार, इतिहास केही नमिल्ने भएकाले काम गर्न कठिन हुनेछ ।’ 


यसको साथै, उनले कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनःगठनको मिसनमा लागेको भन्दै अब योग्यता देखाउनुपर्ने अवस्था आएको बताए । 


उनले भने, ‘सत्ता नालायक छ, सडक अराजक छ । यो बेला एउटा जिम्मेवार पार्टीको हस्तक्षेप मुलुकलाई खाँचो छ । अब कम्युनिष्ट आन्दोलनको एकताका कुरा पनि छ । कम्युनिष्ट पार्टीको एकताको पक्षमा हामी छौ तर त्यस्तो कम्युनिष्ट विराट आन्दोलन नगरिकन रुपान्तरण र पुनःगठनको मिसन पूरा गर्न सक्दैनौ । हामीले पुनःगठन गरिसकेका छौ रुपान्तरण गर्न बाँकी छ । रुपान्तरण गर्ने भनेको आजको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने हो, हिजोभन्दा ठूलो र राम्रो पार्ने हो । हाम्रो योग्यता देखाउनुपर्ने अवस्था आएको छ ।’
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार