- शनिवार सत्ता पक्षीय बैठक पश्चात पत्रकारहरुसँग कुरा गर्दै लेखकले अध्यादेशलाई अगाडि बढाउने बारेमा सकरात्मक रुपले निष्कर्षमा पुगेको बताएका छन् ।
काठमाडौं : गृहमन्त्री रमेश लेखकले अध्यादेश स्वीकृत गर्न सहमति जुटेको बताए ।
शनिवार सत्ता पक्षीय बैठक पश्चात पत्रकारहरुसँग कुरा गर्दै लेखकले अध्यादेशलाई अगाडि बढाउने बारेमा सकरात्मक रुपले निष्कर्षमा पुगेको बताएका छन् ।
उनले भने, ‘शिर्ष नेताहरुको बैठक बस्यो । मुख्य रुपमा नेपाल सरकारले जारी गरेका अध्यादेश जुन अहिले संघीय संसदको दुबै सदनमा दर्ता भएका छन् ति अध्यादेशहरु संघीय संसदको दुबै सदनमा स्वीकृत गराउनुपर्ने भएकाले त्यसै बिषयमा केन्द्रित भएर छलफल भएको छ । समसामयिक राजनीतिक विषयमा पनि केही छलफल भएका छन् । मुख्य रुपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउने बारेमा छफफल सकरात्मक रुपले निष्र्कषमा पुगेको छ । ’
उनले अध्यादेश पास हुने प्रकियामा अगाडि बढाउन अन्य नेताहरुसँग पनि फोन संवाद भएको जानकारी दिए ।
‘अध्यादेश पास हुने प्रकियामा अगाडि बढ्छ । सबै राजनीतिक दलहरु सहमत भएका छन् । बहुमतको साथ अब चाँडै अघि बढ्छ । जसपा नेपालका माननीय उपेन्द्रजी, माननीय राजकिशोरजीसँग फोनमा बार्ता भएको छ । सहमती अनुसार अध्यादेश स्वीकृतको गर्छौ ।
सम्भवत फागुन ६ गते सभामा प्रस्तुत हुन्छ । अध्यादेशहरु प्रतिस्थापन हुन्छ, भूमिसम्बन्धी अध्यादेशमा पनि प्रतिस्थापन हुन्छ । संविधान संशोधनको विषयलाई छलफल गर्न कार्यदल बनाउने कुरामा सहमत भइसकेका छौ । संविधानका सवल पक्ष र दुर्वल पक्षमा पहिचान गरी संविधानमा परिपार्जन संशोधनको आवश्यकताा छ पहिचान गरी सबैसंग संवाद गर्छौ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।