विश्वविद्यालयहरुमा नियुक्ति गर्दा अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्न सुझाव
२०८१ फागुन २ गते शुक्रवार
- शुक्रबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल भएको हो ।
काठमाडौ : शिक्षा समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल भएको छ ।
शुक्रबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल भएको हो ।
छलफलमा पूर्वसञ्चारमन्त्री रेखा शर्माले प्रतिष्ठानहरुमा नियुक्ति गर्दा सोच विचार गरेर पछिल्लो समय बिग्रिरहेको राजनीतिलाई पनि ट्रयाकमा ल्याउने खालको व्यक्तिलाई गर्नुपर्ने बताइन् । साथै पदपूर्ति समिति बनाउँदै गर्दा अन्तर्राष्ट्रिय अभ्यास पनि हेर्नुपर्ने उनको भनाई छ ।
उनले भनिन्,‘यस्तो नियुक्तिमा अलि बढी व्यवसायिक हुनुपर्यो । काम गर्नसक्ने मान्छे ल्याउनुपर्यो । पछिल्लो समय हाम्रो राजनीति बिग्रिरहेको छ, त्यसलाई पनि ट्रयाकमा ल्याउन सक्ने व्यक्तिले अवसर पाउनुपर्छ । त्यही खालको पदपूर्ति समिति हुनुपर्छ । यसमा अन्तर्राष्ट्रिय अभ्यास पनि हेर्नुपर्छ । कस्तो खालको पदपूर्ति समिति बनाउन ठिक हुन्छ भन्ने सोच्नुपर्छ । त्यसले राजनीतिक विकृति पनि रोक्न सकोस् ।’
त्यस्तै रास्वाकी सांसद तोसिमा कार्कीले नेपालका विश्वविद्यालयहरु भर्ती केन्द्र र नियुक्तिको भागबण्डाका अण्डा जस्तो मात्र भएको टिप्पणी गरिन् ।
उनले भनिन्,‘नेपालका युनिभर्सिटीहरु खाली भर्ति केन्द्र जस्तो मात्र हुने, नियुक्तिको भागबण्डा मात्र हुने गरेका छन् । विद्यार्थीहरुलाई थेसिस र अनुसन्धान गराउने तर सरकारले त्यसलाई कहिँपनि अनुमोदन नगरिदिने र उपयोग पनि गर्न नसकेको अवस्था छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’