- दुग्ध उत्पादन भए सँगै पालुङटारको आर्थिक विकासमा मात्र नभई स्थानीयहरूको जीविकोपार्जनमा पनि महत्त्वपूर्ण योगदान पुगेको छ । किसानहरूको आर्थिक स्थिति सुधार गर्न अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
गोरखा : पालुङटार नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । नगरपालिकाले दूध उत्पादनमा अनुदान उपलब्ध गराएपछि पालुङटारका किसान उत्साहित भएका छन् ।
दुग्ध उत्पादन भए सँगै पालुङटारको आर्थिक विकासमा मात्र नभई स्थानीयहरूको जीविकोपार्जनमा पनि महत्त्वपूर्ण योगदान पुगेको छ । किसानहरूको आर्थिक स्थिति सुधार गर्न अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
नगरपालिकाका मेयर विवश चिन्तनले दुग्ध उत्पादनलाई पालुङटारको आर्थिक मेरुदण्ड बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरे । उनले किसानहरूको जीवनस्तर उकास्न र दुग्ध उत्पादनको गुणस्तर सुधार गर्न नगरपालिका निरन्तर लागि परेको बताए। उनले किसानलाई आधुनिक उपकरण र उन्नत प्रजातिका गाईभैंसी उपलब्ध गराइएको र यसले दुग्ध उत्पादनको परिमाण र गुणस्तर दुवैमा सुधार ल्याएको जानकारी दिए । ’चिस्यान केन्द्रको निर्माणमा पालुङटार नगरपालिकाले १५ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ’, उनले भने । मेयर चिन्तनले पालुङटारलाई दुग्ध उत्पादनको नमुना क्षेत्र बनाउने लक्ष्य अघि सारेका छन् ।
जुडीखोला बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष अर्जुन बहादुर पाण्डेले दूध उत्पादनमा अनुदानले किसान उत्साहित भएको बताए । अनुदानको सही उपयोगले उन्नत गाईभैंसी ल्याउन सहयोग पुगेको उनको बुझाइ छ ।
गत साउनबाट दूधको नियमित संकलन र प्रशोधन कार्य गर्दै आएको यो कृषक समूहले आधुनिक उपकरणहरूको प्रयोगले दूधको गुणस्तरमा सुधार ल्याएको र बजार मूल्य पनि राम्रो पाएको बताए । नगरपालिकाले उपलब्ध गराएको तालिम र प्राविधिक सहयोगको पनि प्रशंसा गर्दै अध्यक्ष पाण्डेले स्थानीय किसानहरूलाई थप उत्प्रेरणा मिलेको जनाए । यो समूहले दैनिक ४०० लिटर संकलन हुन्छ ।
वडा नम्बर ९ मा व्यावसायिक उत्पादन सुरु हुन थालेको सफल पशुपन्छी किसान समूहले पनि दुग्ध उत्पादन गरिरहेको छ। यस समूहले करिब एक वर्षअघि सुरु गरेको थियो। वडा नम्बर ८ मा रहेको अकला दुग्ध उत्पादन सहकारीले पनि स्थानीय बजार व्यवस्थापनमा ठुलो भूमिका खेलेको छ । मंसिर २५, २०८१ मा सुरु भएको यस सहकारीले किसानहरूको उत्पादनलाई उचित मूल्यमा बिक्री गर्न र दुग्धको गुणस्तर सुधार गर्न विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ । यो समूहले दैनिक ५५० लिटर दूध संकलन गरिरहेको छ ।
नगरपालिकाले किसानहरूलाई आत्मनिर्भर बनाउन विभिन्न अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ । गाईभैंसीमा ५० प्रतिशत अनुदान, गोठ सुधारका लागि प्रति गोठ १० हजार रुपैयाँ अनुदान र प्रति लिटर दुग्धमा तीन रुपैयाँको उत्पादन प्रोत्साहन नगरपालिकाले उपलब्ध गराएको छ। विशेषगरी उत्पादनका आधारमा प्रदान गरिने अनुदानहरूले किसानहरूलाई थप मेहनत गर्न र दुग्ध उत्पादनमा गुणात्मक वृद्धि गर्न प्रेरित गरेको छ ।
यो प्रोत्साहनले उत्पादन वृद्धि गर्न मात्र होइन, दुग्ध गुणस्तर सुधार्न र किसानहरूको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको छ । मेयर चिन्तनका अनुसार, अनुदानको उद्देश्य उत्पादनमा वृद्धि र किसानहरूको आयमा सुधार गर्नु हो । यसले परम्परागत पद्धतिबाट आधुनिक पद्धतिमा परिवर्तन गर्न किसानलाई अझ सजिलो बनाएको छ ।
परम्परागत पद्धतिमा निर्भर रहेका किसानहरू अब आधुनिक प्रविधि र उन्नत व्यवस्थापनको प्रयोग गर्दै दैनिक रूपमा उत्पादनको मात्रा वृद्धि गर्न सक्षम भएका छन्। यी संस्थाहरूले किसानहरूको दूधलाई उचित मूल्यमा बिक्री गर्न र गुणस्तरीय उत्पादन सुनिश्चित गर्न सघाएका छन्। यी सबै दूध सुजल डेरी प्रालि पोखराले लैजान्छ ।
दुग्ध उत्पादनमा आत्मनिर्भर बन्दै जाँदा पालुङटारका किसानहरूको जीवनस्तरमा सुधार आएको छ । नियमित रूपमा दूध बेचेर किसानहरूले स्थिर आय स्रोत बनाउन सकेका छन् । यसले स्थानीय युवाहरूलाई वैदेशिक रोजगारीको सट्टा कृषि पेशा अपनाउन प्रेरित गरेको छ। मेयर चिन्तनले पालुङटारलाई दुग्ध उत्पादनको केन्द्र बनाउने दीर्घकालीन योजना रहेको दाबी गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।