जनतालाई निष्पक्षरुपमा छिटो सेवा दिन निजामति कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
२०८१ माघ ३० गते बुधबार
- नेपाल निजामति कर्मचारी सङ्गठनको १२ औँ महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सेवाग्रही जनताको मर्का बुझेर कुनै दुःख नदिइ मुस्कानका साथ कर्तव्यबोधको भावनाले छिटो सेवा दिन आग्रह गरेका हुन् ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निष्पक्ष एवं छिटो छरितो रुपमा सेवा दिन निजामति कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
नेपाल निजामति कर्मचारी सङ्गठनको १२ औँ महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सेवाग्रही जनताको मर्का बुझेर कुनै दुःख नदिइ मुस्कानका साथ कर्तव्यबोधको भावनाले छिटो सेवा दिन आग्रह गरेका हुन् ।
‘तपाईँहरुले सरकारी कर्मचारीका रुपमा यो पार्टी, त्यो पार्टी नभनी सबैलाई निष्पक्षरुपमा सेवा दिनुपर्छ । चुनाव आउँदा मत दिन पाउने र कर्मचारीको हक हितका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सिद्धान्तबमोजिम मर्यादामा रहेर सङ्गठन गर्न पाउने हक तपाईँहरुलाई छ ।
अहिले सबैका आवाज सुन्ने सरकार रहेकाले तपाईँहरुलाई आन्दोलनमा उत्रनुपर्ने अवस्था छैन ।उनले भने,‘समयमा सेवा दिने कुरामा तपाईँहरु चुक्नु हुँदैन । अहिले भएको भन्दा अझ परिस्कृत सेवा दिनुपर्छ । यस सङ्गठनका कुनै पनि मान्छे भ्रष्टाचार र अनियमिततामा मुछिनु हुन्न । यस्तो होस् कि तपाईँबाट सरक्क सेवा पाएको मान्छेले खुसी भएर तपाईँलाई निजामति सङ्गठनको मान्छे रहेछ भन्ने स्वतः चिनोस् र धन्यवाद देओस् ।’
प्रधानमन्त्री ओलीले विगतमा आफ्नै दलका नेताका कारण आफू सरकारबाट बाहिर जानुपरेको तर आफूले जनताको समर्थनबाट मूल ढोकाबाट सरकारका आउने उद्घोष गरेकामा त्यस अनुसार सरकारको नेतृत्वमा आएको उल्लेख गरे । उनले संसद्मा थोरै सिट भएर पनि ठुला दललाई पालैपालो बार्गेनिङ गरेर सत्तामा रहिरहन्छु भन्नेहरुबाट चेतेर एमाले र नेपाली काँग्रेसको सत्ता समीकरण भएको स्मरण गराए ।
प्रधानमन्त्री ओलीले सरकारमाथि घेराबन्दी भएर पनि कुनै समस्या नरहेकाले ढुक्कका साथ काम गर्न आग्रह गर्दै आगामी निर्वाचनसम्म यही सत्ता समीकरण रहने पुनः स्पष्ट पारे । उनले दुई दलको सहमति बमोजिम २०८३ साल असारमा आफूले राजीनामा गरेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने जनाए ।
प्रधानमन्त्री ओलीले विपक्षीले सरकार आजै ढल्यो, भोलि ढल्यो भनेर गीत गाएपनि सरकार विकास, निर्माण र सुशासनका मार्गमा सुस्पष्टताका साथ अगाडि बढ्ने बताउँदै स्थायी सरकारका रुपमा रहेको कर्मचारी वर्गले विश्वासका साथ देशको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको झण्डा माथि उठाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।
उनले देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पार्ने अराजक तत्वहरुले कुनै गतिविधि गर्न थालेमा भने देश, संविधान र लोकतन्त्रको हितका लड्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी कानुनी रिक्तताका लागि संघीय संसदमा विधेयक ल्याउने जानकारी दिँदै कुनै दल विभाजन गर्ने सौख र आवश्यकता आफूहरुलाई नरहेको स्पष्ट गरे ।
प्रतिवेदन तयार गर्ने पदाधिकारीहरुस्
१। सहसचिव श्री डण्डुराज घिमिरे – संयोजक
२। उपसचिव श्री प्रविण कोइराला – सदस्य
३। उपसचिव श्री गगन विष्ट – सदस्य
४। निर्देशक श्री गुरुदत्त सुवेदी, वैदेशिक रोजगार विभाग – सदस्य
५। निर्देशक श्री टिकाराम ढकाल, वै।रो।बोर्ड सचिवालय – सदस्य
६। निर्देशक श्री प्रकाश अधिकारी, श्रम तथा व्य।सु।विभाग – सदस्य
७। निर्देशक श्री उत्तमराज नेपाल, सामाजिक सुरक्षा कोष – सदस्य
८। निर्देशक श्री विन्दा आचार्य, रा।व्या।प्रशिक्षण प्रतिष्ठान – सदस्य
९। सूचना प्रविधि विज्ञ श्री सुदन प्रजापति – सदस्य
१०। उपसचिव श्री हुमनाथ पराजुली – सदस्य(सचिव
विषय(सूची
विवरण पाना नं।
खण्ड १स् परिचय
१।१ सूचना प्रविधिको प्रयोग र आन्तरिक रोजगार प्रवर्द्धनको आवश्यकता १
१।२ वर्तमान श्रम बजारको समीक्षा २
१।३ श्रम बजार सूचना प्रणालीको निर्माण ३
१।४ स्थानीय तहबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाह ४
खण्ड २स् मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको एकीकरण
२।१ मन्त्रालय मातहत सञ्चालनमा रहेका सूचना प्रणालीहरु ५
२।२ मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको एकीकरणको आवश्यकता ६
२।३ स्वीस कन्ट्याक्टबाट सञ्चालनमा आएको श्रम संसार प्रणाली ७
खण्ड ३स् सूचना प्रणालीहरुको एकीकरण तथा विस्तारको आगामी कार्यदिशा
३।१ दीर्घकालीन श्रम बजार सूचना प्रणालीको विकास ९
३।२ नेमिस निर्माणमा निरन्तरता ९
३।३ श्रम संसारलाई मन्त्रालय मातहत सञ्चालन गर्ने १०
३।४ आगामी कार्यदिशा १०
खण्ड ४स् सुझाव तथा सिफारिस १२
अनुसूची १स् श्रम बजार सूचना प्रणालीको प्रारुपको प्रस्तुती
अनुसूची २स् एकीकृत सूचना प्रणालीको प्रारुपको प्रस्तुती
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।